साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठाेक्तक (१२)

Nepal Telecom ad

दार्जिलिङ
घुम्न गएँ दार्जिलिङ
‘हमजाएगा’लाई खोजेँ ।
पानीको अभाव रहेछ,
‘मिनरल वाटर’नै रोजेँ ।
कल्पनाको दार्जिलिङ यथार्थमा फरक भो–
न भेटेँ ‘हमजाएगा’ न ‘पारसमणि’
‘भिल्लका देशमा मिल्किन्छ कौडीका भाउमा मणि ।’

काँचो प्रेम
विश्वकप हेर्दाहेर्दै उनीसँग ‘लभ’ प¥यो
विश्वकप सकिएपछि हेर्न जाने ‘जब’ ज¥यो ।
उसको हिजोआज ‘इन्टरभल’ भा’छ–
उमेर नहुँदै प्रेम गर्दा सबै अपजस् भ¥यो ।

कविता
कवि भन्छ –कवितालाई चेतनाको दियो,
अन्याय पर्दा समाजलाई घोचीदिने सियो ।
कल्पनाको फसलमा अभिव्यक्तिको परिश्रम
अग्रगामी प्रगतिको जिम्मा कविले लियो ।

भाषण
नारा फल्ने सिजनमा रासन आउँदैन
घोषणापत्रले मनको बह सुकाउँदैन ।
सडकहरू चुनाव प्रचार गर्न भनी हिँडेछन् –
जनता हो ! कान बन्द गर, भाषणले मात्र परिवर्तन ल्याउँदैन ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x