साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अंशबन्डा

Nepal Telecom ad

न लान सके
न सबै खान सके
बिचरा बाउ
सन्तानलाई सबै
छाडेर नै जान सके
चोखिएको भोलिपल्ट
सम्पतिमाथि
कोही चिल झैं झम्टिए
कोही गिद्ध झैं तम्सिए
कोही बाघ झै गम्सिए ।
बन्डा पत्रको कुरा चल्यो
कसले के लाने भन्दाभन्दै
कुरै नटुङ्गी दिन ढल्यो
जेठा बमक्क बम्किए
छानी छानी लान्छु भनी
माहिला आगो झैं दन्किए
तानी तानी लान्छु भनी
साहिँला सनक्क सन्किए
बानी बानी हान्छु भनी
काहिँला झनक्क झन्किए
गनार खेत खान्छु भनी
राहिँला रनक्क रन्किए
घडेरी भए मान्छु भनी
ठाहिँला ठुनुक्क ठुन्किए
लैनो भैंसी तान्छु भनी
कान्छा पनि के कम
झनक्क झन्किए
बाउको पेवा खान्छु भनी
मिलौं मिलाऊ भन्दा
कोही घण्टा झैं घन्किए
कोही जुका झैं तन्किए
कोही साढे झैं सन्किए
कोही राँगो झैं फन्किए
अन्तमा
यत्रैसित भन्दै
अंशाबन्डै नगरी
आआप्mनै बाटो दन्किए ।
बाजेको पालाको अंशबण्डा
नातिको पालासम्म अझै बाँकी छ
बाजेहरू स्वर्ग लागी सके
अंशियारको मुद्दा
अझै अदालतमै थाति छ ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x