प्रेम ओली ढकलपुरेअंशबन्डा
न लान सके
न सबै खान सके
बिचरा बाउ
सन्तानलाई सबै
छाडेर नै जान सके
चोखिएको भोलिपल्ट
सम्पतिमाथि
कोही चिल झैं झम्टिए
कोही गिद्ध झैं तम्सिए
कोही बाघ झै गम्सिए ।
बन्डा पत्रको कुरा चल्यो
कसले के लाने भन्दाभन्दै
कुरै नटुङ्गी दिन ढल्यो
जेठा बमक्क बम्किए
छानी छानी लान्छु भनी
माहिला आगो झैं दन्किए
तानी तानी लान्छु भनी
साहिँला सनक्क सन्किए
बानी बानी हान्छु भनी
काहिँला झनक्क झन्किए
गनार खेत खान्छु भनी
राहिँला रनक्क रन्किए
घडेरी भए मान्छु भनी
ठाहिँला ठुनुक्क ठुन्किए
लैनो भैंसी तान्छु भनी
कान्छा पनि के कम
झनक्क झन्किए
बाउको पेवा खान्छु भनी
मिलौं मिलाऊ भन्दा
कोही घण्टा झैं घन्किए
कोही जुका झैं तन्किए
कोही साढे झैं सन्किए
कोही राँगो झैं फन्किए
अन्तमा
यत्रैसित भन्दै
अंशाबन्डै नगरी
आआप्mनै बाटो दन्किए ।
बाजेको पालाको अंशबण्डा
नातिको पालासम्म अझै बाँकी छ
बाजेहरू स्वर्ग लागी सके
अंशियारको मुद्दा
अझै अदालतमै थाति छ ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































