साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भगवान हेरी वर माग्नु

Nepal Telecom ad

राम भगवानको भक्ति गर्नू
आफूलाई चाहिएको आशिक माग्नु, तर–
“सेनामा जागिर” नमाग्नू
बाँदर बनाई दिए भने के गर्नु ?

हनुमान भगवानको भक्ति गर्नू
आफुलाई चाहिएको आशिक माग्नू, तर–
“पत्नी पाउँ” बर यो नमाग्नू
“मेरा लागि पनि मागीदेऊ” भने कोसँग के माग्नु ?

जय गुरु गणेशको भक्ति गर्नू
आफूलाई चाहिएको आशिक माग्नू, तर–
“मोटर किन्न सकूँ” नभन्नू
“म त मोटर नपाएर मुसो चड्दैछु”
भन्ने जवाफ दिए भने के गर्नु ?

शिवजीको खुब भक्ति गर्नू
आफूलाई चाहिएको आशिक माग्नु, तर–
“एउटा आफ्नै घर पाऊँ” कहिल्यै नभन्नू
“म त घर बनाउन नसकेर हिमालमा नाङ्गै छु”
भन्ने जवाफ दिए भने के गर्नु ?

कृष्ण भगवानको खुब भक्ति गर्नू
आफूलाई चाहिएको आशिक माग्नू, तर–
सितार गितार ड्रमसेट आदि बाजा केहि नमाग्नू
“म त केहि नपाएर यो एउटा मुरली फुकी बसेको छु”
भन्ने जवाफ दिए भने के गर्नु ?

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x