साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुजा ज्यूनार गरिसिन्छ

Nepal Telecom ad

मैले भात खाँदा हजुर भुजा ज्यूनार गरिसिन्छ,
म मेलो जाँदा हजुर अफिस सवार गरिसिन्छ ।

औकात बिर्सी थकाईले म अल्छी पो निदाउँछु !
हजुर त आँखा चिम्ली गहन विचार गरिसिन्छ ।

म जाबो त दुखीलाई दुईचार पैसा दिने न हुँ !
हजुर टन्नै भेटि चढाई परोपकार गरिसिन्छ ।

यति सस्ता गरिब मान्छे मरुन् न त सडकमा !
आहा !! हजुर कुकुरलाई कस्तो प्यार गरिसिन्छ ।

हजुरले बोलेपछि नपत्याउने कुरै छैन !
घरको ईनार ‘सागर’ भनि बेलिबिस्तार गरिसिन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x