साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गरिसिन्छ

म जाबो त दुःखीलाई दुईचार पैसा दिने न हुँ हजुर टन्नै भेटी चढाइ परोपकार गरिसिन्छ यति सस्ता गरिब मान्छे मरून् न त सडकमा आहा ! हजुर कुकुरलाई त कस्तो प्यार गरिसिन्छ

Nepal Telecom ad

जे. सागर :

मैले भात खाँदा हजुर भुजा ज्यूनार गरिसिन्छ
म मेला जाँदा हजुर अफिस सवार गरिसिन्छ

औकात बिर्सी थकाइले म अल्छी पो निदाउँछु
हजुर त आँखा चिम्ली गहन विचार गरिसिन्छ

म जाबो त दुःखीलाई दुईचार पैसा दिने न हुँ
हजुर टन्नै भेटी चढाइ परोपकार गरिसिन्छ

यति सस्ता गरिब मान्छे मरून् न त सडकमा
आहा ! हजुर कुकुरलाई त कस्तो प्यार गरिसिन्छ

हजुरले नै बोले पछि नपत्याउने कुरै छैन
घरको इनार ‘सागर’भनी बेलिबिस्तार गरिसिन्छ ।

०००
यति भए पुग्छ (??)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x