साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इमानको नाम

Nepal Telecom ad

ठट्टा नसम्झ मन्त्री
मन्त्री हुन सजिलो छैन ।
सजिलो छैन अब गोडा बन्द भएकी
आँखा ओझेल परेकी
औलाहरू बास बसेका हातकी आमाको भोट पाउन ।
बाबु ओछ्यान परेका छन् यो हिउँददेखि
उनका कान यो हिउँदसम्म सग्लै बसून्
संविधानले उनको रक्षा गरेको सुन्न आफैंले ।
ठट्टा नसम्झ नेता महोदय
तिम्रो भर्ती केन्द्रमा गभिर्त छन् शिशुहरू
कहाँ छ तिम्रो सुलभ सुपरमार्केट ?
जहाँ शिशुहरूका लागि छन् न्याना सुइटर ।
सुत्केरीका लागि उपलब्ध छ पोषिलो खाना ।
छन् त एउटा छानु र चारवटा भित्ताहरू ?
के फेर्यौ र देशको अनुहार तिमीले
नदीमा पैसा चढाउने उद्योग अझै छ
न रोकिएको छ नदी किनारमा पिसाब फेर्ने कारखाना
संसदमा वाकिरहेछौ आमाचकारी गालीहरू
सोझ्याई रहेछौ अश्लील औँलाहरू अर्को ध्रुवतिर
र कमाएका छौ इतिहासको सबभन्दा चर्को इनाम ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आँधी

आँधी

मिश्र वैजयन्ती
बाघले आगो खाएपछि

बाघले आगो खाएपछि

मिश्र वैजयन्ती
एकतारे वाद

एकतारे वाद

मिश्र वैजयन्ती
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x