साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारबाट देश जोगाऊ

Nepal Telecom ad

नेताबाट कानुन जोगाऊ, न्यायाधीशबाट न्याय जोगाऊ
वकिलबाट मोकिल जोगाऊ, डाक्टरबाट रोगी जोगाऊ,
ड्राइभरबाट यात्रु जोगाऊ, यात्रुबाट बस जोगाऊ
रक्षक नै सब भए भक्षक, सरकारबाट देश जोगाऊ ।

शिक्षकबाट शिक्षा जोगाऊ, विध्यार्थीबाट स्कुल जोगाऊ
मजदुरबाट उद्योग जोगाऊ, भाषाविदबाट भाषा जोगाऊ
व्यापारीबाट उपभोक्ता जोगाऊ, बैंकबाट ऋणी जोगाऊ
सबैले बन्चरो ताके घुँडामा, सरकारबाट देश जोगाऊ ।

धनि मानिहरू आए, आफ्नो आत्मसम्मान जोगाऊ
सामथ्र्यवान बलिया आए, निर्धाहरूलाई जोगाऊ
परिस्थिति गजब आयो, आफ्नु बुद्धि विवेक जोगाऊ
नेताबाट जनता जोगाऊ, सरकारबाट देश जोगाऊ ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x