साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न्यायका नौ सिङ र राष्ट्रिय स्वाभिमान

Nepal Telecom ad

न्याय भन्नेबित्तिकै मूर्तिको प्रसङ्ग आइहाल्छ । मन्दिरैमन्दिरको देश नेपालमा मूर्तिको कमी हुने कुरै छैन । यहाँ जिल्लामूर्ति, अञ्चलमूर्ति, क्षेत्रीयमूर्ति, पुनरावेदनमूर्ति, विशेषमूर्ति, सर्वाेच्चमूर्ति विशेष प्रसिद्ध मूर्ति हुन् भने गृहमूर्ति, गाउँमूर्ति, नगरमूर्ति, महानगरमूर्तिचाहिँ कम प्रसिद्ध मूर्तिका कोटिमा पर्छन् । यिनमा प्रसिद्ध मूर्तिको करामत अपरम्पार हुन्छ, तल्लोले गरेको पैmसला माथ्लोले क्रमशः सच्याउँदै जान्छ र सर्वाेच्चमूर्तिमा पुगेपछि टुङ्गिन्छ । तल्लोले उपयुक्त ठानेका प्रमाण माथ्लाका लागि पूरै अनुपयुक्त र काम नलाग्ने हुने स्थितिको कारणबारे मूर्तिहरू नै बढी विज्ञ हुन्छन् । वकिलले भट्याएका बेला ध्यानमग्न हुनु र अन्त्यमा रेडिमेड पैmसला बाङ्गोटिङ्गो भाषामा सुनाइदिनु मूर्तिको विशेषतै हो । त्यसले व्यक्ति र राष्ट्रलाई के असर पर्छ कुनै सरोकार छैन, मूर्तिलाई असर पारे पुगिहाल्यो ।

खास प्रसङ्ग अहिले चर्चाको शिखरमा रहेको लागूपदार्थ काण्डको हो । लागूऔषधका अन्तर्राष्ट्रिय व्यापारी रबिन्सनलाई प्रहरीले दुई किलो चानचुन हेरोइनका साथ एयरपोर्टमा रङ्गेहात पक्राउ गरी अदालतमा पेस ग¥यो रे ! निजको कार्यलाई अवैध ठहराई विशेष अदालतले लामै समय जेल र मोटै रकम जरिवाना ग¥यो रे तर त्यसको लगत्तैपछि सर्वाेच्चले त्यसमा उसको संलग्नता नदेखाई सफाइ दिएर इज्जतसाथ रिहा गरिदियो रे ! यस प्रकरणको चुरो कुरोचाहिँ यत्ति हो । यो प्रकरण चर्चित हुनाको प्रमुख कारण हास्यास्पद परमानन्द पैmसला नै रहेको छ ।

वास्तवमा तल्लोले गरेको पैmसला माथ्लोले प्रमाणका आधारमा परिवर्तन गर्नसक्छ, कुरा ठीकै हो विनाप्रमाण कुनै काम गर्न पनि त भएन ! विशेषबाट उपयुक्त ठहराइएका प्रमाण सर्वाेच्चमूर्तिबाट अनुपयुक्त सावित भयो । यसलाई पनि बेठीक मान्न मनासिब देखिँदैन किनभने सानाले गरेजस्तै ठूलाले पनि गर्नुपर्छ भन्ने कहाँ छ र ? सानाले भनेकै कुरा सदर गर्ने भए साना र ठूलाको बीच भेद नै के रह्यो र ? माथिल्लामूर्तिको इज्जत पनि त हेर्नु प¥यो, आखिर ठूलो भनेको ठूलै हो । त्यसैले भनिन्छ नि– बडाले जो ग¥यो काम हुन्छ त्यो सर्वसम्मत । त्यति नाथे हेरोइन बोकेर त्यत्रा ठूला र संभ्रान्त मुलुकबाट पाउकष्ट गरेका हाम्रा पर्यटक पाहुना रबिन्सनलाई जेल हाल्नुभन्दा छोड्नु नै उत्तम नि ! जेलमा राख्दा खान दिनुप¥यो, बिरामी भए औषधी गर्नुप¥यो, बरु चट्ट छोडिदियो खेलै खत्तम !!

अतिथि देवो भवः भन्ने संस्कृतिका मान्छे हामी पाहुनालाई देवतासरह मान्छौँ । त्यसमा पनि गोरो छाला भएका त हाम्रा परमपूज्य देवता नै भए । यस्ता देवपुरुषलाई यति कठोर दण्ड दिने विशेषमूर्तिको विनाप्रमाण गरिएको पैmसला फितलै मान्नुपर्छ, धन्य सर्वाेच्चका मूर्तिले सच्चा न्याय दिई माथिल्ला मूर्तिको शान बचाए । वास्तवमा रङ्गेहात पक्रिने प्रहरी प्रशासन र त्यसै प्रमाणका आधारमा उसलाई दण्डित गर्ने विशेषमूर्तिलाई दोषी ठहराई रबिन्सनलाई सफाइ दिनेहरूलाई रथारोहणसहित सार्वजनिक अभिनन्दन पो गर्ने हो कि ?

मूर्तिहरूले यस प्रकरणमा रबिन्सनलाई सफाइ दिन प्रयोग गरिएका प्रमाणमध्ये निजले लगाएको दुवै वा कुनचाहिँ जुत्ताबाट कति परिमाणमा हेरोइन निकालिएको भन्ने नखुलाएको, नेपाली भाषा नबुझ्ने व्यक्तिको बयान लिँदा वा बरामदी मुचुल्कामा सही गराउँदा रोहबरमा दोभाषे राखेको नदेखिएको, कानुन व्यवसायी राख्न दिएको नदेखिएको, बरामदी मुचुल्कामा स्थानीय प्रतिनिधि रोहबरमा राखेको नदेखिएको, शङ्कारहित अकाट्य सबुदप्रमाणको अभाव रहेको पूर्ण इन्कारी बयान दिएको तथा मुख्यको आदेश प्रमुख रहेका छन् रे ! उसलाई पुनः खोज्नु पिंजडाको चरालाई छोडेपछि फेरि समाउन सिकारीको हुल खटाउनुजस्तै होइन र ? पहिले अबल दर्जाको ढँटुवामा शिक्षकलाई दर्ता गर्थेे तर अहिले वकिल र त्यसभन्दा पनि बढी मूर्तिहरूले त्यो स्थान ग्रहण गरिसकेछन् !!

हाम्रा पुलिस पनि त्यस्तै ! कमसेकम ती पर्यटक पाहुनाले कस्ता र कत्रा जुत्ता लगाएका थिए, ती जुत्ता खुट्टामै लगाएका थिए कि अन्यत्रै ? अनि रङ्गेहात बरामद गर्दा त्यो कहाँ लगाएको कुनचाहिँ जुत्तामा राखेका थिए भन्नेजस्ता चानचुने कुरा त रीतपूर्वक पत्ता लगाउनुपर्छ नि ! त्यति गरिदिएको भए मूर्तिलाई सजिलो पथ्र्याे, नत्र मूर्तिलाई जुत्तै दिएको भए पनि त हुन्थ्यो । अर्काे कुरा नेपाली भाषा नजान्नेलाई पक्रनु हुन्छ ? नेपाली नजान्नेले नेपालमा ल्याएको तीन किलोभन्दा कम लागूऔषधी पनि कतै अपराधमा पर्छ ? उसले अपराधै गरेको भए त साथमा भाडाको वकिल लिएरै हिँड्थ्यो नि ! कुरा रह्यो जनप्रतिनिधि रोहबरमा नभएको ! यसबाट के स्पष्ट हुन्छ भने अब एयरपोर्टमा पाँच सदस्यीय जनप्रतिनिधि मण्डल गठन गर्नैपर्ने भयो, फेरि त्यहीँ यिनीहरूका बीच नाइके बन्ने र भागबण्डा गर्ने कुरा नमिलेर झगडा पर्दा त्यसबारे पैmसला गर्न मूर्तिचाहिँ कसलाई राख्ने नि ? रङ्गेहात पक्रिएको सामान पनि मेरो होइन भनी इन्कारी बयान दिँदा छुटिने भए, अनि इन्कारी बयान नै प्रमाण हुने भए मूर्तिकै अगाडि मान्छे काटेर इन्कारी बयान दिए भएन र ? धन्य छन् मूर्ति, धन्य छ न्याय !

रबिन्सनलाई यस्ता विनाप्रमाणका मुद्दामा यत्रो सजाय गर्न त भएन नि ! उसको पनि त्यति जाबो हेरोइन बोक्ने मानवाधिकार त छ नि ! हरेक मुद्दाको पैmसला मुद्दाको प्रकृतिमा होइन व्यक्ति र प्रमाणमा निर्भर गर्छ । यस्ता चानचुने कुरा त कालोलाई सेतो, पहेँलोलाई निलो बनाउन अनेक ढाँटढुँटे प्रयास गर्ने वकिलसाबहरूले पनि त बुझ्नु प¥यो नि ! राष्ट्रियभन्दा अन्तर्राष्ट्रिय मुद्रासँग सरोकार राख्ने मुद्दाको सुनुवाइ र पैmसलाको गति तीव्र हुने कारण पारदर्शी नै छैन र ?

यहाँ कुरा लागूऔषधको होइन, रबिन्सनको पनि होइन, कुरा आचरणको हो, न्यायको हो । अरूलाई बेकुफ बनाउन खोज्दा आपूm बोको बन्न कत्तिबेर पनि लाग्दैन । व्यक्तिका कारण संस्था दुर्गन्धित हुनसक्नेतर्पm पनि सचेत हुनुपर्छ । रबिन्सन प्रकरण त एउटा बिम्ब बनेर सर्वत्र चर्चाको विषय बनेको मात्र हो, वास्तवमा यहाँ यस्ता प्रकरण सहस्र छन्, प्रत्येकजसो छन् ।

अहिले हामीकहाँ बलात्कारको बिग्बिगी पनि कहाँ कम छ र ? दिनहुँजसो बाल–वृद्ध–वनिता बलात्कृत भएको सुनिन्छ तर बलात्कारीले सजाय पाएको उति सुनिन्न । वास्तवमा बलात्कारी दण्डित नहुने आधार पनि प्रमाणकै अभाव रहेछ भन्ने बल्ल पो थाहा भो । विनाप्रमाण बलात्कार सावित हुने कुरै भएन नि ! बलात्कृतजति सबैको त्यो अङ्ग क्षतविक्षत त हुँदैन, भएकाजतिको पनि मुद्दा किनारा लागुन्जेलसम्म निको भइसक्छ वा प्राणान्त पनि हुनसक्छ । ल निको पनि भएन र प्राणान्त पनि भएन रे तर त्यो बलात्कारबाटै भएको हो भन्ने के प्रमाण छ र ? मूर्तिलाई पुलिस रिपोर्टजस्तै डाक्टरी रिपोर्टमा पनि भरोसा हुने कुरै भएन ! कथंकदाचित बलात्कारै देखिए पनि मूर्तिलाई त्यो कतापटिबाट कता फर्काएर गरेको हो भन्ने प्रमाण पुग्दैन । अभियुक्तले साबिती बयान दिने कुरै भएन, कसैकसैले दिइहाले पनि त्यो मौखिक भएकाले प्रमाण नै भएन । फेरि बलात्कारी दोस्रो भाषी रहेछ भने त कुरै खलास ! बिचरी सातवर्षे बच्चीदेखि सत्तरीवर्षे वृद्धासम्म बलात्कृत हुन्छन् तर त्यो बलात्कार अग्रगमनबाट भएको हो कि पश्चगमनबाट भन्ने प्रमाणका अभावमा बलात्कारीले सफाइ पाउँछ । कुरा ठीकै पनि हो सबुद प्रमाणविना मूर्तिले मान्छेलाई कसरी अपराधी साबित गर्ने ? हरे कस्तो फसाद प्रत्यक्षदर्शीका अभावमा बलात्कारी छुट्ने नै भयो नि ! यो बिरालाको ख्यालख्यालमा मुसाको प्राणान्त हुनु जस्तै होइन र ?

रबिन्सन प्रकरणले यस्ता अनेक प्रश्नहरू जन्माइदिएको छ । हुन त गणेशको ढुङ्गेमूर्तिले दुध पिउने मुुलुकमा मानवमूर्तिले पिउनु कुन आश्चर्य हो र ? तर त्यसकै पनि यथेष्ट प्रमाण त छैन नि… !

बुढाबुढी भन्ने गर्थे– ‘न्यायका नौ सिङ्ग हुन्छन्’ भनेर तर तिनीहरूले न्यायका सिङ गन्नै भ्याएका रहेनछन् वा आफ्नै पालाको न्यायप्रणाली सम्झेका रहेछन् ! वास्तवमा केको नौ सिङ्ग नि ! अठार सिङ्ग, छत्तीस सिङ्ग, बहत्तर सिङ … कति हो कति अनगिन्ती सिङ्गैसिङ्ग ! जति उमा¥यो उति सिङ्ग, जता फर्काइदियो उतै सिङ्गैसिङ्ग । यसका जतिवटा सिङ्ग भए पनि कुनै कमजोर भए पो ! एकसेएक मजबुत । जुनले हान्यो ठहरै ! अरू हेरेको हेरै, तैँ चुप मै चुप, सब चुप, नत्र बोल्नेमाथि अर्काे सिङ्ग बज्रिन केही बेर पनि लाग्दैन ।

रबिन्सन प्रकरणलाई लिएर कानुनचीहरूका दफावार विमर्श पनि प्रशस्तै सुनिए, सुनिँदैछन् पनि । आपूmचाहिँ कानुनची नभएकाले कुनै कानुनी जालझेल थाहा छैन तर एउटा सचेत नेपाली भएको नाताले नेपालीत्वबारे अलिकति ज्ञान छ । अहिले अधिकांश सचेत नेपालीहरू न्यायालयको बक्यौता गरिमा पनि छिन्नभिन्न भएकोमा चिन्तित छन् । यो मुलुककै दुर्भाग्य हो । वास्तवमा भ्रष्टाचार रोक्ने निकायले नै एकले अर्काको अस्तित्व धराशायी तुल्याएपछि अन्यत्र भ्रष्टाचार भयो भनेर चिच्याउनुको के अर्थ रहला र ! यसको निराकरणका लागि अर्कैै जननिकायको आवश्यकता भइसकेको त होइन ?

राष्ट्रको कार्यपालिका दक्षिणलाम, न्यायपालिका पश्चिमहाम तथा व्यवस्थापिका सडकजामको स्थितिमा पुगेपछि यहाँभन्दा बढी चरम उपहास के नै हुनसक्ला र ? न्याय नपाए गोर्खा जानू भनिने मुलुकमा न्याय नपाए जङ्गल पस्नू भन्ने उक्ति चरितार्थ हुने परिस्थिति यस्तैयस्तै रबिन्सन प्रकरण तथा बहादुरवृत्तिहरूबाटै उत्पन्न भएको हो कि ! यस्तै हो भने हाम्रो देश मान्छे बेपत्ता मार्ने मुलुकमा मात्र होइन निकट भविष्यमा नै सबथोकमा प्रथम नै हुन्छ, यहाँ दोस्रो भन्ने चिजै नपाइन सक्छ, यसर्थ हाम्रा बैंकहरूजस्तै यी निकायमा व्याप्त विसङ्गति र विकृतिहरूको उन्मूलन गरी स्वच्छता प्रदान गर्न कुनै विदेशी गैरसरकारी संस्थालाई गुहारी टेन्डर आह्वान गरेरै भए पनि राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्ने हो कि ? नत्र… !!
‘चाउरिएको जिन्दगी’ २०६८ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x