साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकास झुल्किएछ !

Nepal Telecom ad

धनमायाँ–
असिनपसिन गर्दै
सुख्खा खुरिखन्डी डाँडोमाथि
कुस्ती खेल्दै थिईन् फोरिनसक्नुका डल्लासँग
ससुराबाले छोडेर गएको नासो–
पत्रुसरीको कोदालोको मद्दतले
अन्न फलाउन ।

कसरी र कहिले कैद भैछिन् उनी
पत्तै नपाई बिकासे क्यामेरामा ।

सुनिन् धनमायाँले–
उनको सुन्दर तस्बिर
– निधारभरी मुजाका सडक
– गालाभरी पसिनाका कलधारा
– नाकको फुलिमा चम्केको बिजुली
– चोलीबाट चिहाएका स्तनको पारदर्सिता
– भाग्यका झोलुङ्गे पुलमा कपालका लट्टा
छापिए रे चिप्ला किताबका गातामा
अनि–
देशी–बिदेशी भावुक बने रे !
ठूलाठूला विकासे योजना बने रे !
– गरिबी निवारणका
– जीविकोपार्जनका
– न्याय समानताका
– आदिआदिका
– इत्यादि–इत्यादिका
– बुझ्दै नबुझेका ।

हिजो,
विकासे दाजु झुल्किए धनमायाँको आँगनमा
हातभरी पुस्तक लिएर
फोटैफोटा टल्काउँदै धनमायाँका
सत्कार भयो भरपुर
पल्लाघरबाट पैँचो ल्याएको मोहिसँग
आफ्नै बारीका केरासँग
माघे सङ्क्रान्तिलाई छुट्ट्याएको चिउरा
पाहुना बिदाईसँगै मिले दुई थान पुस्तक ।

झुल्किए किस्नेको बा
चहकिली थिइन् धनमायाँ
रमाउँदै थिए किस्ने र मनमायाँ
भयो बेलिबिस्तार ।

अनौठो मान्यो किस्नेको बाले
किन आज रौनक छ हँ घरमा ?
थाहा भो–
एकथान किताबको– चिटिक्क गाता हालिएछ
र खुशी भए केटाकेटी
अर्को थान किताबले– भित्ताको प्वाल टालिएछ
र सिरेटो छेकियो अबदेखि
किस्नेको बा–
घरको माहौलले मख्ख, फुरुङ्ग फुर्कियो–
“आहा ! साँच्चै विकास त घरैमा पो झुल्कियो ।“
२०७१ मङ्सिर
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x