साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माटो र मठाधीशहरू

Nepal Telecom ad

फूलको वासना सुँघेर
फूलमै पिसाब गर्ने कुकुर
र मातेका मठाधीशहरूमा
केही फरक छैन अचेल
माटोकै टीका लगाउँछन्
र माटोमै पिसाब गर्छन्
मातेका मठाधीशहरू अचेल ।

अनेकानेक आवरणहरूमा
विचारका/ सिद्धान्तका/निष्ठाका/आदर्शका
र अरु पनि धेरै धेरै
मूर्त र अमूर्त रङ्ग दलेका मठाधीशहरूको
खासमा न कुनै रङ्ग छ
न कुनै ढङ्ग छ
न छ विचारको व्यापकता
न छ सोचाइको स्वच्छता
र पनि पत्याइनसाध्य
परम्पराको पर्खालमाथि उभिन्छन्
र अरुमाथि अशोभनीय हुङ्कार छाड्छन् ।

मठाधीशहरू
मात्नुलाई आफ्नो एकमात्र कर्म ठान्छन्
मात्नुलाई सबैभन्दा ठूलो धर्म मान्छन्
र मात्नकै लागि
योजनाका फाइलहरूबाट अक्षरहरू खान्छन्
हिसाब किताबका ठेलीहरूबाट
बेहिसाबहरू खान्छन्
पानीको सट्टा खाइदिन्छन् पँधेरो नै
वर सक्छन् पर सक्छन्
र भ्याइदिन्छन् सेरोफेरो नै ।

नाघेपछि परिधि पाखण्ड प्रलापले
पहेँलिइसके यतिखेर
धरतीमा सखारै उघ्रिएका
हरिया सम्भावनाहरू
सुस्ताइसके गतिहरू
र हराइसके गन्तव्यहरू !
बस्न मन्दिरमा छाडेर
भट्टीको दुर्गन्धतिर
थालेका छन् रम्न अचेल ईशहरू
माटोकै टीका लगाउँछन्
र माटोमै पिसाब गर्छन्
मातेका मठाधीशहरू ।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लासै-लासलाई हेरेर

लासै-लासलाई हेरेर

दीपेन्द्रसिंह थापा
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x