साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आलुप्याज र प्याजआलु

Nepal Telecom ad

त्यो दिन पनि अघिल्ला अघिल्ला दिनको जस्तै आलुप्याजकै तरकारी देखेर खान बसेका छोराछोरीले असन्तोष पोखे– “छि, आज पनि आलुप्याजकै तरकारी !”

अरू उपाय नभेटेर आमाले जबाफ दिइन्– “होइन नानी हो ! यो त आलुप्याजको होइन प्याजआलुको तरकारी हो ।”

छोराछोरी सानै थिए । आमाको जवाफ बुझ्दा पनि बुझेनन्, बुझ्ने कोसिस पनि गरेनन् ।
बरू छोराछोरी र पत्नीका कुरा सुनेर छोराछोरीसँगै खाँदै गरेको बुबा हाँस्यो ।

पतिको हाँसो देखेर पत्नीले सोधिन्– “के सम्झेर हाँस्नुभो ?”
पतिले जबाफ दियो– “प्रजातन्त्र (लोकतन्त्र ?) सम्झेर ।”

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x