साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डाक्टर र हजुरबुवा

Nepal Telecom ad

“तपाईंलाई के भएको ?” डाक्टरले सोध्नुभयो
“त्यही थाहा पाउन त आएको !” हजुरबाले भन्नुभयो ।

“तपाईंको नाम के रे ?” डाक्टरले सोध्नुभयो
“न्वारनको कि नागरिकताको, कि अरुले बोलाउने ?” हजुरबाले सोध्नुभयो ।

“तपाईंको उमेर कति भयो ?” डाक्टरले सोध्नुभयो
“मैले भन्ने गरेको कि अरुले भन्ने गरेको ?“ हजुरबाले सोध्नुभयो ।

“तपाईं कुन सालमा जन्मनु भएको ?“ डाक्टरले सोध्नुभयो
“त्यतिबेलाको सम्झना छैन” हजुरबुवाले भन्नुभयो ।

“हिजै मात्र ओखति दिएको, आजै किन आउनु भयो ?” डाक्टरले सोध्नुभयो
“दिनको दुइ चम्चा खानु भन्नुभएको थियो, एउटै चम्चा पनि निल्न सकिनँ”, हजुरबाले भन्नुभयो ।

“तपाईंको दिसा र पिसाब जँचाउनुपर्छ”, डाक्टरले भन्नुभयो
कट्टु फुकालेर दिँदै– “दुवै कुरा यसैमा छ”, हजुरबाले भन्नुभयो ।

“उता ट्वाइलेटमा दिसा र पिसाब छुट्टाछुट्टै गरेर आउनुहोस्”, डाक्टरले भन्नुभयो
“गरेर आएँ डाक्टर साहेब दिशा कम्मोटमा, पिसाब युरिनलमा”, हजुरबाले भन्नुभयो ।

“तपाईंको दाँत नक्कल्ली हाल्नु पर्यो”, डाक्टरले भन्नुभयो
“हाल्नै परेपछि सक्कली नै हालिदेऊ, नक्कली हाल्दिनँ”, हजुरबाले भन्नुभयो ।

“कति टाढासम्म देख्न सक्नुहुन्छ ?”, आँखाको डाक्टरले सोध्नुभयो
“सूर्य र तारासम्म त देख्छु, कति टाढासम्म देख्नु पर्ने हो ?” हजुरबाले सोध्नुभयो ।

“तपाईंले यो उमेरमा बढी दौडधुप गर्नु भएन”, डाक्टरले सुझाउनुभयो
“म दौडेर नगए के ट्वाइलेट आफै दौडेर आउँछ ?” हजुरबाले सोध्नुभयो ।

“जीवनदेखि निराश हुनु हुँदैन, आशा राख्नुपर्छ”, डाक्टरले सुझाउनुभयो
“त्यसका लागि डाक्टर पनि त राम्रो भेट्नुपर्छ”, हजुरबाले भन्नुभयो ।

“यो उमेरमा धेरै चिन्ता लिनु हुँदैन” डाक्टरले सुझाउनुभयो
“मलाई चिन्ता तपाईंको महँगो फिसको मात्रै हो अरु छैन”, हजुरबाले भन्नुभयो ।

“यो औषधि खाएपछि तपार्इं फेरि जवान हुनुहुन्छ”, डाक्टरले भन्नुभयो
“फेरि बिहे त गर्नु पर्दैन नि ?” हजुरबाले सोध्नुभयो ।

“अरु केही देखाउनु छ ?” डाक्टरले सोध्नु भयो
हजुरबाले कट्टु खोलेर सबै देखाउनु भयो, डाक्टरले सबै जाँच्नुभयो ।

जाँची सकेर “यता त सबै ठिकै छ, किन देखाएको ?” डाक्टरले सोध्नुभयो
“दुख्ने अङ्ग मात्रै सधैं कति देखाउनु, नदुख्ने अङ्ग पनि छन् भनेर देखाएको” हजुरबाले भन्नुभयो

“मैले जस्तो खायो त्यस्तै दिसा आउँछ, म के गरौँ डाक्टर साहब ?” हजुरबाले सोध्नुभयो
“उल्टो गर्नुहोस्, अबदेखि जस्तो आउनु पर्ने हो, त्यस्तै खान थाल्नुहोस्” डाक्टरले भन्नुभयो ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x