साइबर अपराध सम्बन्धी सचेतना सामग्री

च्यात्तिएको शब्दकोश

Nepal Telecom ad

पढ्दा पढ्दै
च्यातियो गाता
हेर्दा हेर्दै
छुट्टिए पाना
जतन गर्नै नजानेर
पानाहरूको डुङ्गुर भयो शब्दकोश
पटक पटक मिलाएँ
पक पटक खात लगाएँ
भाँती पुगेन
पानाहरू किताब भएनन्
असरल्ल छरिए पाना
पानाहरू खापिए
तर क्रममा उनिएनन्
जोख्दा बराबर
गन्दा बराबर
तर क्रमहीन
शृङ्खलाहीन
शिर छ पुच्छर छैन
पुच्छर छ ढाड छैन
शब्द छ अर्थ छैन
अर्थ छ गति छैन
अराजक भए अक्षर
मधुरो भयो अर्थको उज्यालो
नियमित हेरिरहन्छु म
पानाहरूमा परिणत शब्दकोश
पत्करहरूमा परिणत पाना
सम्झिरहन्छु
गोर्वाचोभले च्यातेको ठूलो देश
र उत्तरआधुनिक संरचनामा
विरचित नयाँ नेपाल
लाग्छ
काव्यात्मक सादृश्यता छ तिनमा
असरल्ल अराजकता छ
शब्दकोश सम्झिरहन्छु
पानाहरू हेरिरहन्छु
पत्करहरू देखिरहन्छु
पछुतो छ
किताब जतन गर्न
नजानेको आफ्नो इतिहासप्रति ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x