साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्याकरण

Nepal Telecom ad

जताततै जातजातका जुलुस जागेर
तीरझैं तेजिला प्रश्न तेर्स्याई रहेछन्–
हतियारकै धन्दा चलाउनको लागि
युद्धको बजार खोल्ने व्यापारीको गतिविधी
र अमेरिकन मन्त्रीको विदेश यात्रामा के फरक छ ?
दुनियाँ लुट्ने मल्टिनेसनल कम्पनीको तमसुक
र अमेरिकाको खुँखार मुनिम जस्तो लाग्ने
विश्वबैंकको व्याजदरमा के फरक छ ?
संसारभरि सुलसुलेझैं काम गर्ने युएनका अनुहार
र पेण्टागनका रिपोर्टहरूमा के फरक छ ?
जालोझैं फैलिएका दातृसंस्थाका आँखा
र ह्वाइटहाउसको खुँखार नजरमा के फरक छ ?
यी प्रश्नवाचक वाक्यहरूमा
वक्य गठन र ह्रश्व–दीर्घ मिलेको छ कि छैन
हेर्नुस् त सम्पादक शर्माजी !

सामन्तहरूले जुवा खेल्ने क्लव
र काँग्रेसको बैठकमा के फरक छ ?
काँग्रेसको पुच्छरको झुप्पा
र बल्खु दरवारको जुँगामा के फरक छ ?
स्वाँठ राजकुमारहरूले जाँड खाने भट्टी
र राप्रपाको च्याँखे दाउमा के फरक छ ?
लठैत र हुल्लडबाजहरूको डाङडुङे ग्याङ
र मिलिसियाहरूको कार्यशैलीमा के फरक छ ?
सबैभन्दा फटाहा मानिसको हरकत
र जासुसहरूका गोप्य बैठकहरूमा के फरक छ ?
कुनै षडयन्त्रकारी अड्डाका अकिञ्चन योजना
र सिंहदरबारको गिदी–जिब्रोमा के फरक छ ?
यी जिज्ञासाहरूमा
कला र शैली मिलेको छ कि छैन ?
हेरिदिनोस् त समालोचक त्रिपाठीजी !

जनजाति, महिला र दलितको टाउको देखाएर
क्षेत्री–बाहुनको ह्याकुला बेच्ने मासु पसल
र व्यवस्थापिकाको पटाङ्गिनीमा के फरक छ ?
कानुनी डाकाका हातको हँसिया–हथौडा
र पाखण्डी सरकारी विभागहरूमा के फरक छ ?
खुँखार चोरहरूलाई सुरक्षा दिने किल्ला
र अदालतका पर्खालहरूमा के फरक छ ?
घुस र कमिसनका हड्डी चपाउँने बङ्गारा
र सरकारी कर्मचारीहरूमा के फरक छ ?
भेडाका गर्धनमा गाडिएका ब्वाँसाका दाह्रा–नङ्ग्रा
र देशवासीले तिरेको कर खाएर
मोटाएका विधायकहरूमा के फरक छ ?
कर्णली र लिम्बुवानको गर्धनमा हान्न
निरङ्कुश काठमाण्डुले उचालेको खुँडाको धार
र यो संविधानका नियतहरूमा के फरक छ ?
यी सोधनीहरूमा
व्याकरण मिलेको छ कि छैन ?
हेरिदिनोस् त भाषाविद पोखरेलजी !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तिमी को हौ ? तिमी के हौ ?

तिमी को हौ ?...

विक्रम सुब्बा
सिंहदर्वार

सिंहदर्वार

विक्रम सुब्बा
दाइजोको कविता

दाइजोको कविता

विक्रम सुब्बा
दुई ठोक्तक

दुई ठोक्तक

विक्रम सुब्बा
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x