साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सधैं सबै उही !!

Nepal Telecom ad

१. बानी उही ! वाणी उही ! अनुहार उही !
चरित्र झन् दुरुस्त नै नयाँ खोई ? उही !

२. कहाँ फिर्छ विगत त ! गत भयो ! गयो !
सावधान ! झुक्याउने पारा बढ्यो उही !

३. च्याँखे थाप्छ त्यही मान्छे ! नयाँ मान्छे चुप्प !
चेतना त भाग्ने दाउ ! समाज नै उही !

४. घुस खाने ! अख्तियार छल्न एक हुने !
इमानको कुरा सुन्दा भाग्ने पारा उही !

५. नपढ्ने र बुझक्कड हुने पारा उही !
हवलदारी तन्त्र उही ! सवै सवै उही !

६. महिला त जागे भन्थे ! फेसनमा लागे !
जागृतिमा खिया लाग्ने जीर्ण पारा उही !

७. युवा वर्ग ! भविष्यका कर्णधार भन्थे ! !
उहिलेका जस्तै पछि हुने पारा उही !

८. देश सडे हामी सड्छौं ! चिनाउने छैन !
लुट ! खाऊ ! मोज गर ! उपदेश उही !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x