सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दाइजोको कविता

मसँग आशीर्वादको एउटा ताजा थुँगा छ, लैजाऊ- शिरमा राखिदेऊ । र/तिम्रो तर्फबाट यति थपिदेऊ- कि युद्ध शुरु भइसकेको हुनाले उसको प्यारो अंकल गरिबीको मोर्चा छोडेर छोरीको विवाहमा आउनै सकेन ।

Nepal Telecom ad

मसँग दुइटा स्वस्थ आँखा छन्
मलाई एउटा भए
दुनियाँको कालो-सेतो हेर्न पुगिहाल्छ
तिमी एउटा आँखा लैजाऊ
कतै बेच
त्यसले शिरबन्दी किन ।

मसँग दुइटा लगनशील हात छन्
मलाई एउटा भए
जिन्दगीको कविता लेख्न पुगिहाल्छ
एउटा हात तिमी लैजाऊ
कतै बेच
त्यसले रंगीविरंगी चुराहरू किन ।

मसँग एकमुठी चोखो मुस्कान छ
जो मेरो ओठमा बेलायक देखिन्छ
बिक्ला कि ?
कतै बजारमा लैजाऊ- बेच
र/सपनासँग मिल्दो रंगको एउटा पछ्यौरा किन ।

मसँग एउटा फूलजस्तो खुशीको बिरुवा छ
जो मेरो छातीमा सप्रिन सकेको छैन
कुनै सौखिनले फूलदानीमा सजाउन किनिदेला कि ?
लैजाऊ- सौखिनहरूको प्रदेशमा बेच
त्यसैले रहर जस्तो गुन्यूचोलो किन ।

कतै नबिकेको
मसँग एक गाग्रो पसिना छ- लैजाऊ
त्यसले कपाल नुहाइदेऊ
बग्दाबग्दै पनि नसिद्धिएको
मसँग दुई थोपा आँसु छ,
लैजाऊ-
त्यसले गोडा धोइदेऊ ।

राक्षसहरूबाट मुश्किलले जोगाइ राखेको
मसँग अलिकति शुद्ध रगत छ- लैजाऊ
अक्षतासँग मुछेर निधारमा लगाइदेऊ
सम्पत्तिको नाममा मसँग यहि कविता छ,
लैजाऊ- पछ्यौरामा दाइजो हालिदेऊ ।

मसँग आशीर्वादको एउटा ताजा थुँगा छ,
लैजाऊ- शिरमा राखिदेऊ ।
र/तिम्रो तर्फबाट यति थपिदेऊ-
कि युद्ध शुरु भइसकेको हुनाले
उसको प्यारो अंकल
गरिबीको मोर्चा छोडेर
छोरीको विवाहमा आउनै सकेन ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तिमी को हौ ? तिमी के हौ ?

तिमी को हौ ?...

विक्रम सुब्बा
सिंहदर्वार

सिंहदर्वार

विक्रम सुब्बा
दुई ठोक्तक

दुई ठोक्तक

विक्रम सुब्बा
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल