साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाइजोको कविता

मसँग आशीर्वादको एउटा ताजा थुँगा छ, लैजाऊ- शिरमा राखिदेऊ । र/तिम्रो तर्फबाट यति थपिदेऊ- कि युद्ध शुरु भइसकेको हुनाले उसको प्यारो अंकल गरिबीको मोर्चा छोडेर छोरीको विवाहमा आउनै सकेन ।

Nepal Telecom ad

मसँग दुइटा स्वस्थ आँखा छन्
मलाई एउटा भए
दुनियाँको कालो-सेतो हेर्न पुगिहाल्छ
तिमी एउटा आँखा लैजाऊ
कतै बेच
त्यसले शिरबन्दी किन ।

मसँग दुइटा लगनशील हात छन्
मलाई एउटा भए
जिन्दगीको कविता लेख्न पुगिहाल्छ
एउटा हात तिमी लैजाऊ
कतै बेच
त्यसले रंगीविरंगी चुराहरू किन ।

मसँग एकमुठी चोखो मुस्कान छ
जो मेरो ओठमा बेलायक देखिन्छ
बिक्ला कि ?
कतै बजारमा लैजाऊ- बेच
र/सपनासँग मिल्दो रंगको एउटा पछ्यौरा किन ।

मसँग एउटा फूलजस्तो खुशीको बिरुवा छ
जो मेरो छातीमा सप्रिन सकेको छैन
कुनै सौखिनले फूलदानीमा सजाउन किनिदेला कि ?
लैजाऊ- सौखिनहरूको प्रदेशमा बेच
त्यसैले रहर जस्तो गुन्यूचोलो किन ।

कतै नबिकेको
मसँग एक गाग्रो पसिना छ- लैजाऊ
त्यसले कपाल नुहाइदेऊ
बग्दाबग्दै पनि नसिद्धिएको
मसँग दुई थोपा आँसु छ,
लैजाऊ-
त्यसले गोडा धोइदेऊ ।

राक्षसहरूबाट मुश्किलले जोगाइ राखेको
मसँग अलिकति शुद्ध रगत छ- लैजाऊ
अक्षतासँग मुछेर निधारमा लगाइदेऊ
सम्पत्तिको नाममा मसँग यहि कविता छ,
लैजाऊ- पछ्यौरामा दाइजो हालिदेऊ ।

मसँग आशीर्वादको एउटा ताजा थुँगा छ,
लैजाऊ- शिरमा राखिदेऊ ।
र/तिम्रो तर्फबाट यति थपिदेऊ-
कि युद्ध शुरु भइसकेको हुनाले
उसको प्यारो अंकल
गरिबीको मोर्चा छोडेर
छोरीको विवाहमा आउनै सकेन ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी को हौ ? तिमी के हौ ?

तिमी को हौ ?...

विक्रम सुब्बा
सिंहदर्वार

सिंहदर्वार

विक्रम सुब्बा
दुई ठोक्तक

दुई ठोक्तक

विक्रम सुब्बा
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x