साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी को हौ ? तिमी के हौ ?

अब म के भनौँ अब म के सोचौँ तिमी मेरा अमुल्य सम्पतिको थुप्रो हौ ? कि मेरो सानो देशको सानो झुप्रो हौ ? भन भन तिमी के हौ ? तिमी को हौ ?

Nepal Telecom ad

विक्रम सुब्बा :

तिमीलाई पहिलोचोटि देखेपछि
मेरा हाराएका घाम जून भेटेजस्तो लाग्यो
तर तिमीले भन्यौ
यी त मेरा आँखा हुन् !
मेरो सपना पनि हराएको थियो
हेर्दैलाँदा त्यो पनि तिमीमा भेटेजस्तो लाग्यो
तर फेरि तिमीले भन्यौ
यो त मेरो शरिर हो
मेरो आफ्नो फैलावट हो
मेरो संगीत हराएको थियो
अचानक एक दिन
तिम्रो ढुकढुकीमा भेटेजस्तो लाग्यो
तर तिमीले प्रमाणसहित भन्यौ
यो त मेरो हृदय बोलेको हो
त्यसै गरी
मेरो खुसी पनि हराएको थियो
हेर्दै जाँदा त्यो पनि
तिम्रो ओँठहरुमा अल्झिएको पाएँ
तर फेरि तिमीले भन्यौ
यो त मेरो मुस्कान हो
अब म के भनौँ
अब म के सोचौँ
तिमी मेरा अमुल्य सम्पतिको थुप्रो हौ ?
कि मेरो सानो देशको सानो झुप्रो हौ ?
भन भन
तिमी के हौ ? तिमी को हौ ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदर्वार

सिंहदर्वार

विक्रम सुब्बा
दाइजोको कविता

दाइजोको कविता

विक्रम सुब्बा
दुई ठोक्तक

दुई ठोक्तक

विक्रम सुब्बा
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x