साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफ सुप्रबन्ध !

गफडी मौकावादीदेखि सारै डराउँछ भने गफडी कलिदेखि पनि तर्सन्छ, किनभने ऊ शान्तिप्रिय छ । त्यसैले उसमा नाना सन्त्रास छ । त्रास आखिर त्रास हो- यो सचेत मान्छेमा हुन्छ । गफडी पनि मान्छे हो, उसमा पनि त्रास छ ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

कलिको प्रवेश

यस पन्ध्रौँ गफमा पहिले डोबाटाका कुरा गर्छु । कोठाभित्र गफ गरी-गरी गफ चुटी-द्धुटी खानेहरूलाई ती मन नपर्लान्, तर जनता जनार्दनलाई त डोबाटामै गफ गर्ने फुर्सद हुन्छ । ह्यान-त्यान काम गर्‍यो जीविकाको लागि र यसो फुर्सद ली डोबाटैमा भेला भयो- अनि गफियो । जे, यही हो सर्वसाधारण न सही साधारण भनेको । कुरा सी.डी.ओ. र जि.शि.अ.को हुँदै थियो । दुईओटा खुस्किएका अञ्चलाधीशका कुरा पनि भए र गाउँफर्कको निलम्बन स्थिति पनि कुरामा आए । यसै प्रसङ्गमा कलिको प्रवेश भएपछि बुद्धि बिग्रन्छः उल्टो निणर्य र काम हुन्छन्, अरु काम बिग्रन्छ भन्ने कुरा किकी एकजना बुजुगले सम्झाउनुभयो- सावधान भएर काम गर्छौँ भन्नेहरूले उल्टोपाल्टा काम गर्नु र असफल हुनुमा ती व्यक्तिका हृदयमा कलि पस्नु हो ।

यस्ता कुरा सुन्दा गफडीलाई रिङटा लाग्यो । किन लाग्यो भने यसरी कलिले प्रवेश गर्दै गर्दै लग्यो भने के-के होला भरे भन्न सकिन्न । कलि काममा पस्छ भने विचारमा पनि बस्छ । त्यसो त जनहितू भन्ने शोषकका कुरामा पनि कलि पसेको छ । जन-शोषकले कसरी जनहित गर्छ ? मिल ठाडा हुनेहरू, उद्योग हुनेहरू जनताका कुरा गर्छन्- गफडी तिनका वार्ता नै बुझ्दैन, सायद, गफडीभित्र पनि कलि पस्या होला र तिनका ‘सद्विचार’ गफडीले नखाएको होला ! कतिपय पञ्च हिजो आज लजाउँन थाले अरे ! कतिपय मुकाविलेहरू सन्च मान्न थाले अरे ! कतिपय पत्रकार कलि पसेर अर्कै भइसके रे ! र पनि गफडी के भन्छ भने कलि मोरो जहाँ-जहाँ पसोस्, जे-जे गरोस्, गफडीलाई गफ चुट्ने दिन आउँदै छन्- कलि मोरो भङ्खालामा परोस् ।

गोली र वोली हडताल र हरिताल

हिजो आज हडतालको जुग छ । कतिपय साना नानी ‘हरिताल’ भन्दै घर फिर्छन् भने बुढा बुढी पनि हरिताल भयो रे । भन्छन् । हरितालले नराम्रो गर्ने नेपाली चलनमा ‘माग पुरा’ गराउने यन्त्र लिएर आयो । राष्ट्रिय माग यसले पुरा गरायो भने यसले फुच्चे मागमा सिसाका गिलाससम्म किनायो । कोही गोली भन्छन्, कोही बोली सुन्छन्, हडताल र हरितालको प्रसङ्गमा गोली र बोलीको रन्को र भेला-मेला हुने ठाउँमा यति नै खेर ‘आमसभा’ हुन पनि थाल्या छ । गफडी यी कुरा किन गर्दै छ भने यी कुरा ‘हड्ताल हावामा फैलिएका छन् । गफ हो, तसर्थ हाड नभएको जिब्रो लड्खाएको छ है ।

गाई-गोरु चोरी

कसैलाई के धन्दा । कसैलाई भने घरज्वाइँलाई खानको धन्दा हिजो-आज शान्ति-सुरक्षा बढेकाले र शान्ति सुरक्षा हरितालेले डाकेकाले गाई-गोरु चोरिने मौका पाएको छ । किसानका गोरु सुइ । नानीले दुध खाने एउटा गाई मरु । उँधेर गाई-गोरु रुङ्न नसक्ने लम्फूको जगडा गर्ने को गाईवस्तु हराए भेट्ने ठाउँ भारतको गोरुसिङ्गभिट्टा । ‘आफ्नै धन ठसठसी कन् । हराएका आफ्ना गाईवस्तु रुपियाँतिर ल्याऊ भेट्टिन्छन् । गफडी यी कुरा किन भन्दैछ, यता पन्चतन्त्र र उता जनतन्त्रको यस्तै भेटघाट छ ।

कुरा बालकका ! गफ गफडीका !

कुरो हो ‘धर्मयुग’ को, कुरा हो बालक कथाको । एउटा बालकले आफ्नो जिउ जोखिममा राखेर दुर्घटना हुन दिएनछ रे । यो पढ्दा गफडी सोच्छ, हाम्रो देशमा अब हुने दुर्घटना बचाउन क-कसले कति सोचेका छन् ? अनि कुरो ‘धर्मजुग’ मै छापिएको हो । भारतमा ‘युवाआन्दोलन’ गर्नेहरू निसासिए रे । गफडी यस गफमा के भन्छ भने युवकहरूले असन्तुष्टि व्यक्त गरी जुन प्रकारले चुटाइ खाए, घाइते भए यसो किन् भयो यस्तो साहस यिनले किन गरे ? यिनले भरे निरासिन नपर्ने बाटो कस्तो होला ? हाम्रा ती त्रुटि के त्रुटि हटाउने उपाय के ? हरितालको राम्रो परिणाम कुन ? कलिले हात हाल्न नपाउने मेसो कुन ? गफडीका गफ यस्तै छन् है ! प्रश्नमय ।

पातमा पात ! बातमा बात !

हाल, गफडी खुसी छ केमा भने उसकी श्रीमतीबाट उसका माग पुरा भएका छन्- उसले गफ गरी खान पाउने भएको छ त इस्ट मित्र बन्धुवान्धव पनि गफडीलाई गफ गर्न दिने भएका छन् । पातमा पात हुँदा बातमा बात भए झैँ गफडी विनम्र बिन्ती गर्छ- गफडी अवसरवादी भएर एर कुद्न चाहँदैन । ऊ न तल छ, न माथि । ऊ न यता छ न उता । गफडी न पोकिएको छ न पोखिएको छ । गफडी मौकावादीदेखि सारै डराउँछ भने गफडी कलिदेखि पनि तर्सन्छ, किनभने ऊ शान्तिप्रिय छ । त्यसैले उसमा नाना सन्त्रास छ । त्रास आखिर त्रास हो- यो सचेत मान्छेमा हुन्छ । गफडी पनि मान्छे हो, उसमा पनि त्रास छ । सानामा आमाले ‘गुजी आयो’ भनी हप्काउँथिन् । ठुलो भएपछि विभिन्न कुराबाट गफडी सन्त्रस्त भएको छ । ऊ मख्खचाहिँ छ किन छ भने उसले गफ गर्न पाउने भएको छ तर ऊ सन्त्रस्त छ- नाना गुजीका हाउमा तर्सेर । यसैले गफडी करजोरी विन्ती गर्छ- हे कणर्धारहरूहो, एउटा मुक्त आँगन देऊ जहाँ गफडी मुक्त भएर गफ गर्न पाओस् । आजलाई यत्ति नै । नमरी बाँचे कालले साँचे फेरि भेटौला । ज्यादा किम् ? आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क ३१, २०३६
गफडीका गफ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x