सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गफ सुप्रबन्ध !

गफडी मौकावादीदेखि सारै डराउँछ भने गफडी कलिदेखि पनि तर्सन्छ, किनभने ऊ शान्तिप्रिय छ । त्यसैले उसमा नाना सन्त्रास छ । त्रास आखिर त्रास हो- यो सचेत मान्छेमा हुन्छ । गफडी पनि मान्छे हो, उसमा पनि त्रास छ ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

कलिको प्रवेश

यस पन्ध्रौँ गफमा पहिले डोबाटाका कुरा गर्छु । कोठाभित्र गफ गरी-गरी गफ चुटी-द्धुटी खानेहरूलाई ती मन नपर्लान्, तर जनता जनार्दनलाई त डोबाटामै गफ गर्ने फुर्सद हुन्छ । ह्यान-त्यान काम गर्‍यो जीविकाको लागि र यसो फुर्सद ली डोबाटैमा भेला भयो- अनि गफियो । जे, यही हो सर्वसाधारण न सही साधारण भनेको । कुरा सी.डी.ओ. र जि.शि.अ.को हुँदै थियो । दुईओटा खुस्किएका अञ्चलाधीशका कुरा पनि भए र गाउँफर्कको निलम्बन स्थिति पनि कुरामा आए । यसै प्रसङ्गमा कलिको प्रवेश भएपछि बुद्धि बिग्रन्छः उल्टो निणर्य र काम हुन्छन्, अरु काम बिग्रन्छ भन्ने कुरा किकी एकजना बुजुगले सम्झाउनुभयो- सावधान भएर काम गर्छौँ भन्नेहरूले उल्टोपाल्टा काम गर्नु र असफल हुनुमा ती व्यक्तिका हृदयमा कलि पस्नु हो ।

यस्ता कुरा सुन्दा गफडीलाई रिङटा लाग्यो । किन लाग्यो भने यसरी कलिले प्रवेश गर्दै गर्दै लग्यो भने के-के होला भरे भन्न सकिन्न । कलि काममा पस्छ भने विचारमा पनि बस्छ । त्यसो त जनहितू भन्ने शोषकका कुरामा पनि कलि पसेको छ । जन-शोषकले कसरी जनहित गर्छ ? मिल ठाडा हुनेहरू, उद्योग हुनेहरू जनताका कुरा गर्छन्- गफडी तिनका वार्ता नै बुझ्दैन, सायद, गफडीभित्र पनि कलि पस्या होला र तिनका ‘सद्विचार’ गफडीले नखाएको होला ! कतिपय पञ्च हिजो आज लजाउँन थाले अरे ! कतिपय मुकाविलेहरू सन्च मान्न थाले अरे ! कतिपय पत्रकार कलि पसेर अर्कै भइसके रे ! र पनि गफडी के भन्छ भने कलि मोरो जहाँ-जहाँ पसोस्, जे-जे गरोस्, गफडीलाई गफ चुट्ने दिन आउँदै छन्- कलि मोरो भङ्खालामा परोस् ।

गोली र वोली हडताल र हरिताल

हिजो आज हडतालको जुग छ । कतिपय साना नानी ‘हरिताल’ भन्दै घर फिर्छन् भने बुढा बुढी पनि हरिताल भयो रे । भन्छन् । हरितालले नराम्रो गर्ने नेपाली चलनमा ‘माग पुरा’ गराउने यन्त्र लिएर आयो । राष्ट्रिय माग यसले पुरा गरायो भने यसले फुच्चे मागमा सिसाका गिलाससम्म किनायो । कोही गोली भन्छन्, कोही बोली सुन्छन्, हडताल र हरितालको प्रसङ्गमा गोली र बोलीको रन्को र भेला-मेला हुने ठाउँमा यति नै खेर ‘आमसभा’ हुन पनि थाल्या छ । गफडी यी कुरा किन गर्दै छ भने यी कुरा ‘हड्ताल हावामा फैलिएका छन् । गफ हो, तसर्थ हाड नभएको जिब्रो लड्खाएको छ है ।

गाई-गोरु चोरी

कसैलाई के धन्दा । कसैलाई भने घरज्वाइँलाई खानको धन्दा हिजो-आज शान्ति-सुरक्षा बढेकाले र शान्ति सुरक्षा हरितालेले डाकेकाले गाई-गोरु चोरिने मौका पाएको छ । किसानका गोरु सुइ । नानीले दुध खाने एउटा गाई मरु । उँधेर गाई-गोरु रुङ्न नसक्ने लम्फूको जगडा गर्ने को गाईवस्तु हराए भेट्ने ठाउँ भारतको गोरुसिङ्गभिट्टा । ‘आफ्नै धन ठसठसी कन् । हराएका आफ्ना गाईवस्तु रुपियाँतिर ल्याऊ भेट्टिन्छन् । गफडी यी कुरा किन भन्दैछ, यता पन्चतन्त्र र उता जनतन्त्रको यस्तै भेटघाट छ ।

कुरा बालकका ! गफ गफडीका !

कुरो हो ‘धर्मयुग’ को, कुरा हो बालक कथाको । एउटा बालकले आफ्नो जिउ जोखिममा राखेर दुर्घटना हुन दिएनछ रे । यो पढ्दा गफडी सोच्छ, हाम्रो देशमा अब हुने दुर्घटना बचाउन क-कसले कति सोचेका छन् ? अनि कुरो ‘धर्मजुग’ मै छापिएको हो । भारतमा ‘युवाआन्दोलन’ गर्नेहरू निसासिए रे । गफडी यस गफमा के भन्छ भने युवकहरूले असन्तुष्टि व्यक्त गरी जुन प्रकारले चुटाइ खाए, घाइते भए यसो किन् भयो यस्तो साहस यिनले किन गरे ? यिनले भरे निरासिन नपर्ने बाटो कस्तो होला ? हाम्रा ती त्रुटि के त्रुटि हटाउने उपाय के ? हरितालको राम्रो परिणाम कुन ? कलिले हात हाल्न नपाउने मेसो कुन ? गफडीका गफ यस्तै छन् है ! प्रश्नमय ।

पातमा पात ! बातमा बात !

हाल, गफडी खुसी छ केमा भने उसकी श्रीमतीबाट उसका माग पुरा भएका छन्- उसले गफ गरी खान पाउने भएको छ त इस्ट मित्र बन्धुवान्धव पनि गफडीलाई गफ गर्न दिने भएका छन् । पातमा पात हुँदा बातमा बात भए झैँ गफडी विनम्र बिन्ती गर्छ- गफडी अवसरवादी भएर एर कुद्न चाहँदैन । ऊ न तल छ, न माथि । ऊ न यता छ न उता । गफडी न पोकिएको छ न पोखिएको छ । गफडी मौकावादीदेखि सारै डराउँछ भने गफडी कलिदेखि पनि तर्सन्छ, किनभने ऊ शान्तिप्रिय छ । त्यसैले उसमा नाना सन्त्रास छ । त्रास आखिर त्रास हो- यो सचेत मान्छेमा हुन्छ । गफडी पनि मान्छे हो, उसमा पनि त्रास छ । सानामा आमाले ‘गुजी आयो’ भनी हप्काउँथिन् । ठुलो भएपछि विभिन्न कुराबाट गफडी सन्त्रस्त भएको छ । ऊ मख्खचाहिँ छ किन छ भने उसले गफ गर्न पाउने भएको छ तर ऊ सन्त्रस्त छ- नाना गुजीका हाउमा तर्सेर । यसैले गफडी करजोरी विन्ती गर्छ- हे कणर्धारहरूहो, एउटा मुक्त आँगन देऊ जहाँ गफडी मुक्त भएर गफ गर्न पाओस् । आजलाई यत्ति नै । नमरी बाँचे कालले साँचे फेरि भेटौला । ज्यादा किम् ? आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क ३१, २०३६
गफडीका गफ (२०६३)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बाह्र सत्ताइसे गफ !

बाह्र सत्ताइसे गफ !

चूडामणि रेग्मी
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
आत्मा

आत्मा

पी पी काेइराला
गुरुलाई चिठ्ठी

गुरुलाई चिठ्ठी

चिरञ्जीवी दाहाल
बाह्र सत्ताइसे गफ !

बाह्र सत्ताइसे गफ !

चूडामणि रेग्मी
टिमुर्के च्यानलको ठोकदोहोरी

टिमुर्के च्यानलको ठोकदोहोरी

भोजराज रेग्मी ‘मुखाले’
गुँड बनाउने मुड

गुँड बनाउने मुड

माधव पोखरेल गोज्याङ्ग्रे