साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कथाकार रश्मि भट्टको ‘शून्यबाट सुरु’ कथासङ्ग्रह लाेकार्पण

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विशिष्ट अतिथि अनेसास बिओेटीका सल्लाहकार गीता खत्री, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीलगायतले लाेकार्पण गरेका हुन् ।

Nepal Telecom ad

काठमाडाैं, ०८१ वैशाख २७ । कविका रुपमा चिरपरिचित साहित्यकार रश्मि भट्टको ‘शून्यबाट सुरु’ कथासंग्रहको भव्य समारोहबिच लोकार्पण भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन रहेको उक्त कृतिको लोकार्पण कार्यक्रम आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विशिष्ट अतिथि अनेसास बिओेटीका सल्लाहकार गीता खत्री, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, अनेसास केन्द्रीय कार्यसमितिका उपाध्यक्ष डा. रेणुका सोलु, अनेसास केन्द्रीय महासचिव विमला निरौला, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा काव्य विभाग प्रमुख बाबा बस्नेत, अनेसासका सल्लाहकार प्रतीक ढकाल, अनेसास विओटी सदस्य डा. दामोदर पुडासैनीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई अनेसा नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले मन्तव्यमार्फत स्वागत गरेका थिए ।

प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीलगायत मञ्चासीनबाट संयुक्त लोकार्पण गरिएको शून्यबाट सुरु कृतिमाथि डा. दामोदर पुडासैनी र डा. रेणुका सोलुले समीक्षात्मक मन्तव्य राखेका थिए भने महासचिव विमला निरौला, राधेश्याम लेकाली, प्रतीक ढकाल, बाबा बस्नेत, गीता खत्री आदिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा गायक तथा संगीतकार एवं श्रुति संगीत विद्यालयका अध्यक्ष नरहरि प्रेमी तथा ठाडो भाका लोककला प्रतिष्ठानकी सीतादेवी दुराले सांगीतिक प्रस्तुति पस्किएका थिए ।

लाकार्पित कृतिका स्रष्टा रश्मि भट्टले कृति प्रकाशनका बारेमा आफ्नो मन्तव्य राखेकी थिइन् भने प्रा.डा. वासुदेव त्रिपाठीले रश्मि भट्टका पूर्व प्रकाशित कृति तथा लोकार्पित कृतिका विषयमा र नेपाली साहित्य र समलोचनाका विषयमा बोल्दै प्रमुख अतिथीय मन्तव्य व्यक्त गरेका थिए ।

अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष मन्जिला शर्माले कार्यक्रममा उपस्थित अतिथिहरुलाई धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमका सभापति राजेन्द्र केसीले शुभकामना मन्तव्यसहित कार्यक्रमलाई समापन गरेका थिए ।

काठमाडौं उपत्यकामा रहेका साहित्यकार तथा साहित्यानुरागीलगायत स्रष्टा रश्मि भट्टको जन्मथलो गोरखाबाटसमेत उल्लेख्य मात्रामा साहित्यकाहरुको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x