साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आत्मा

ऊ झसङ्ग हुँदै ब्युँझियो । दिउँसै ऐंठन पो भएछ । अनि छक्क पर्दै उसले मनमनै सोच्यो, “सायद सत्यबाटो हिँडाउँने यही असल मनलाई पो आत्मा भन्दा रैछन् क्यारे !”

Nepal Telecom ad

पी पी कोइराला :

“थुक्क गधा !” कतै बाट गाली गरेको आवाज आयो ।
ऊ झस्क्यो । यताउता हेर्दै उसले भन्यो, “मलाई को गाली गर्छ हँ ?”

“थुक्क गोरु !” फेरि गालीको आवाज आयो । उसले चारैतिर फनफनी घुमेर हेर्‍यो । कोही देखेन ।

“बेइमान ! तेरो दाँतसाँत झार्दिउँ ?” झनै ठूलो आवाजमा गाली वर्षन थाल्यो ।
एकै छिनमा झन अचम्म हुन थाल्यो । एउटा हातले उसको कपाल तान्यो । अर्को हातले उसको निधारमा मुक्का पनि हान्यो । अनि फेरि ठूलो आवाज आयो, “बल्ल आज भेट्टाइस दण्ड !”

“एकान्त बाटोमा प्रेतात्माले पो सताको हो कि” भनेर ऊ ठम्याउन खोज्दै थियो तर तुरुन्तै फेरि आवाज आयो, “तेरो बदमास मनलाई ठेगान लाउन म तेरै असल मन अघि सरेको हुँ, किन अलमलिन्छस, पापी ?”
ऊ झसङ्ग हुँदै ब्युँझियो । दिउँसै ऐंठन पो भएछ । अनि छक्क पर्दै उसले मनमनै सोच्यो, “सायद सत्यबाटो हिँडाउँने यही असल मनलाई पो आत्मा भन्दा रैछन् क्यारे !”

०००
धरान, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x