सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आत्मा

ऊ झसङ्ग हुँदै ब्युँझियो । दिउँसै ऐंठन पो भएछ । अनि छक्क पर्दै उसले मनमनै सोच्यो, “सायद सत्यबाटो हिँडाउँने यही असल मनलाई पो आत्मा भन्दा रैछन् क्यारे !”

Nepal Telecom ad

पी पी कोइराला :

“थुक्क गधा !” कतै बाट गाली गरेको आवाज आयो ।
ऊ झस्क्यो । यताउता हेर्दै उसले भन्यो, “मलाई को गाली गर्छ हँ ?”

“थुक्क गोरु !” फेरि गालीको आवाज आयो । उसले चारैतिर फनफनी घुमेर हेर्‍यो । कोही देखेन ।

“बेइमान ! तेरो दाँतसाँत झार्दिउँ ?” झनै ठूलो आवाजमा गाली वर्षन थाल्यो ।
एकै छिनमा झन अचम्म हुन थाल्यो । एउटा हातले उसको कपाल तान्यो । अर्को हातले उसको निधारमा मुक्का पनि हान्यो । अनि फेरि ठूलो आवाज आयो, “बल्ल आज भेट्टाइस दण्ड !”

“एकान्त बाटोमा प्रेतात्माले पो सताको हो कि” भनेर ऊ ठम्याउन खोज्दै थियो तर तुरुन्तै फेरि आवाज आयो, “तेरो बदमास मनलाई ठेगान लाउन म तेरै असल मन अघि सरेको हुँ, किन अलमलिन्छस, पापी ?”
ऊ झसङ्ग हुँदै ब्युँझियो । दिउँसै ऐंठन पो भएछ । अनि छक्क पर्दै उसले मनमनै सोच्यो, “सायद सत्यबाटो हिँडाउँने यही असल मनलाई पो आत्मा भन्दा रैछन् क्यारे !”

०००
धरान, सुनसरी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अर्काको छोरा

अर्काको छोरा

पी पी काेइराला
लामा हात

लामा हात

पी पी काेइराला
सेवा

सेवा

पी पी काेइराला
भाइटीका

भाइटीका

पी पी काेइराला
सुमार्ग

सुमार्ग

पी पी काेइराला
सिफारिस

सिफारिस

पी पी काेइराला
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी