सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चितवनमा एस्.ई.ई. कविता प्रतियोगिता सम्पन्न

समसामयिक विषयमा जुनसुकै शीर्षकमा कविता सुनाउन पाइने उक्त कार्यक्रममा नारायणी इङ्लिस स्कुलकी छात्रा सन्ध्या गुरुङ प्रथम भएकी थिइन् ।

Nepal Telecom ad

भरतपुर, २०८१ वैशाख २८ । सनराइज इङ्लिस स्कुल, भरतपुर-४, वैदिकनगरले एस्.ई.ई. दिएर फुर्सदमा रहेका विद्यार्थीलाई लक्षित गरी एस्.ई.ई. कविता प्रतियोगिता २०८० सम्पन्न गरेको छ ।

सिर्जनशील विद्यार्थीहरूको सिर्जनामा अझ निखार ल्याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो ।

सनराइज इङ्लिस स्कुलमा रहेको इन्टर्याक्ट क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा चितवनका १४ वटा विद्यालयबाट एस्.ई.ई. दिएर बसेका १८ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

समसामयिक विषयमा जुनसुकै शीर्षकमा कविता सुनाउन पाइने उक्त कार्यक्रममा नारायणी इङ्लिस स्कुलकी छात्रा सन्ध्या गुरुङ प्रथम भएकी थिइन् ।

त्यस्तै एकता शिशु निकेतनकी अप्सना अर्यालले द्वितीय र प्रगति शिक्षा सदनकी विपाश्ना धमलाले तृतीय स्थान प्राप्त गरेका थिए । आयोजक विद्यालय सनराइजका प्रतियोगी छात्र रञ्जित पोखरेलले सान्त्वना पुरस्कार हात परेका थिए ।

उक्त प्रतियोगिताको निर्णायकहरूमा रमेश प्रभात, विद्या भण्डारी चिराग र छविरमण न्यौपाने रहेका थिए । इन्टर्याक्ट लोकेन कार्कीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा विद्यालयका प्राचार्य शिवकुमार बगाले प्रमुख अतिथि रहेका थिए । सो प्रतियोगिताको सञ्चालन आरोपा श्रेष्ठ र अभिशेक पराजुलीले गरेका थिए ।

प्रतियोगितामा सहभागी सबैलाई सहभागिताको प्रमाण पत्र दिइएको थियो भने प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार पाउनेहरूलाई पुरस्कार, प्रमाण पत्र र ट्रफी दिइएको थियो । उक्त कार्यक्रममा पुरस्कारको सौजन्य सम्पूर्ण किताब नारायणगढले गरेको थियो ।

०००
– रमेश प्रभातद्वारा संप्रेषित

Fitkauli Publication Books comming soon
Nepal Telecom ad