साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे दौडेका छन्

खोला खोल्सा जनमघरको भीरमा खोपिएको आशा केको ? मलिन पहरा लेउले छोपिएको मान्छे दौडे सहरघरको बासका लागि राम्रो ढाक्रे डोको बनिनसकिँदै काँधमा राख्छ नाम्लो ।

Nepal Telecom ad

बाजुराम पौडेल :

सानालाई अझ अघि बडो मान मिल्नै परेको
ठूलालाई हरतरहले जम्नुपर्ने भएको
छेडा गौँडा अलिकति उतै सर्नुपर्ने भएको
जस्ले पायो विजयवरको हार लुट्नै परेको ।

रातारातै महल सुनको बन्नुपर्ने उसैको
जम्मै इच्छा सुखसयलमै भोगिँदैनन् सबैको
खेल्ने डुल्ने फगत दिनको रम्झमी हेर्न जान
मान्छे दौडे कुकुर जसरी भोजको थाल खान ।

आफ्नै बाठो अगम गममा खोप्न को दौडने हो ?
बाँझो धर्ती चल अचल छन् जोत्न को दौडने हो ?
जम्मै खायो बलजफतले शेष जोगाउने को ?
भोका नाङ्गा गरिब जनता देख्न को दौडने हो ?

आफैँलाई नभइनहुने मात मात्रै कसैको
आफैँ पैला नभइनहुने सोच हुन्छन् सबैको
कोही पुग्दा अलिकति उता डाह गर्ने स्वभाव
केले फेर्ला ? छलकपटमा नाम चल्दैन आज ।

त्यो आफैँले कसरत गरी दौडदै खेल्नु साथ
को पैला हो पुगनपुगको शिल्पले चढ्छ माथ
दौडेका छन् हडबड सधैँ पाइला हात गोडा
पुग्ने बाटो अझ कति वरै दुख्दछन् पाइताला ।

खोला खोल्सा जनमघरको भीरमा खोपिएको
आशा केको ? मलिन पहरा लेउले छोपिएको
मान्छे दौडे सहरघरको बासका लागि राम्रो
ढाक्रे डोको बनिनसकिँदै काँधमा राख्छ नाम्लो ।

मान्छे बेग्लै असहज बनी भावको शून्यतामा
पुग्दा आफ्ना असलपनका काम संवेदनामा
खोलाजस्तै तलतल हुँदै बग्दछन् सिर्जनामा
मान्छे दौडे अझ छ गतिलो वेग यै तिर्सनामा ।

०००
जोरपाटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x