सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मान्छे दौडेका छन्

खोला खोल्सा जनमघरको भीरमा खोपिएको आशा केको ? मलिन पहरा लेउले छोपिएको मान्छे दौडे सहरघरको बासका लागि राम्रो ढाक्रे डोको बनिनसकिँदै काँधमा राख्छ नाम्लो ।

Nepal Telecom ad

बाजुराम पौडेल :

सानालाई अझ अघि बडो मान मिल्नै परेको
ठूलालाई हरतरहले जम्नुपर्ने भएको
छेडा गौँडा अलिकति उतै सर्नुपर्ने भएको
जस्ले पायो विजयवरको हार लुट्नै परेको ।

रातारातै महल सुनको बन्नुपर्ने उसैको
जम्मै इच्छा सुखसयलमै भोगिँदैनन् सबैको
खेल्ने डुल्ने फगत दिनको रम्झमी हेर्न जान
मान्छे दौडे कुकुर जसरी भोजको थाल खान ।

आफ्नै बाठो अगम गममा खोप्न को दौडने हो ?
बाँझो धर्ती चल अचल छन् जोत्न को दौडने हो ?
जम्मै खायो बलजफतले शेष जोगाउने को ?
भोका नाङ्गा गरिब जनता देख्न को दौडने हो ?

आफैँलाई नभइनहुने मात मात्रै कसैको
आफैँ पैला नभइनहुने सोच हुन्छन् सबैको
कोही पुग्दा अलिकति उता डाह गर्ने स्वभाव
केले फेर्ला ? छलकपटमा नाम चल्दैन आज ।

त्यो आफैँले कसरत गरी दौडदै खेल्नु साथ
को पैला हो पुगनपुगको शिल्पले चढ्छ माथ
दौडेका छन् हडबड सधैँ पाइला हात गोडा
पुग्ने बाटो अझ कति वरै दुख्दछन् पाइताला ।

खोला खोल्सा जनमघरको भीरमा खोपिएको
आशा केको ? मलिन पहरा लेउले छोपिएको
मान्छे दौडे सहरघरको बासका लागि राम्रो
ढाक्रे डोको बनिनसकिँदै काँधमा राख्छ नाम्लो ।

मान्छे बेग्लै असहज बनी भावको शून्यतामा
पुग्दा आफ्ना असलपनका काम संवेदनामा
खोलाजस्तै तलतल हुँदै बग्दछन् सिर्जनामा
मान्छे दौडे अझ छ गतिलो वेग यै तिर्सनामा ।

०००
जोरपाटी, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
क्रूर ओढार

क्रूर ओढार

अनिल श्रेष्ठ
परिवेश

परिवेश

हेमराज पन्त
छेपारोको कथा

छेपारोको कथा

राजेन्द्रप्रसाद अधिकारी
सन्तान थरीथरीका

सन्तान थरीथरीका

खोलाघरे साहिँलोे