साइबर अपराध सम्बन्धी सचेतना सामग्री
गगनकुमारी र दधिराम पाैडेलका सुपुत्र बाजुराम पौडेल २०१० चैत्र २० गते कपन, काठमाडौंमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका पौडेल बैङ्किङ सेवाबाट निवृत्त हुनुहुन्छ । २०३३ सालमा ‘आँसुको जीवन’ कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएका पौडेलको पहिलो कृतिको रूपमा ‘सिर्जना फस्टाउन पाउनुपर्छ’ (कवितासङ्ग्रह, २०३३) प्रकाशित भएको थियो । उहाँका ‘बाजुरामका कविताहरू’ (२०६५), शीत-श्वर्णा (२०६८) लगायत आधा दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । ‘सुलेख’ पत्रिका सम्पादन गर्नुहुने पौडेल विष्णुचन्द्र अभिनव पुरस्कार (२०६२) लगायत थुप्रै पुुरस्कार तथा सम्मानद्वारा सम्मानित, पुरस्कृत हुनुहुन्छ । सम्पर्क : ९८४१२५६९८२
मान्छे दौडेका छन्

मान्छे दौडेका छन्

बाजुराम पौडेल : सानालाई अझ अघि बडो मान मिल्नै परेको ठूलालाई हरतरहले जम्नुपर्ने भएको छेडा गौँडा

पुरा पढ्नुहाेस्