साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहदर्वार

नबोली चुपचाप अझै मुलुकलाई वर्वाद गर्छस् भने अब म, दावानल-भुइँचालो भएर तँलाई ध्वस्त पार्नेछु त्यसपछिको मुलुकमा ‘दर्वार’का निम्ति केही हुने छैन, तर जनजनका ‘घर्बार’का निम्ति सबथोक हुनेछ ।

Nepal Telecom ad

विक्रम सुब्बा :

जुन उपत्यकामा ‘सिंह’ कहिल्यै थिएन
कसको कैफियती वीर्यले तँ
बास्टार्ड ‘सिंहदर्वार’ जन्मिस्, र
मुलुकको भीर-पाखा र दूरदराजका मनुवाका
खुन-पसिना खैँचेर बैभव कमाईस् ?

सिंहदर्वार, तँ चुपचाप केही नबोली
सधैं, हरेक नेताका मुखमा
दाह्रा-बङ्गारा जडान गरिदिन्छस्
जसले मानिसको सिकार पक्रेर
तेरो निम्ति कवाफ जुटाइदिन्छन्
जन-जनको सेवक जागिर पाएका
हाकिम र कर्मचारीका औँलाहरूमा तँ
हिंस्रक नङ्ग्राहरू जडान गरिदिन्छस्
जसले रैथाने मानिसको निरीह छाती लुछेर
तेरो लागि छोएला र सेकुवा ल्याइदिन्छन्
म छक्कै परेको छु, कि –
तेरो बा-आमा सिंह-सिंहिनी नै थिए भने
तेरो नाक त थेप्चो हुनु पर्ने हो,
आँखा चिम्सा हुनु पर्ने हुन्
झ्याप्प दाह्री-जुँगा कुन ककेशीयनकोबाट
तेरो ओँठ र चिउँडोमा सारिस् ?
धूर्त खुराफाती दिमाग
कुन चाणक्यको खप्परबाट आफ्नोमा हालिस् ?
भन्, तेरो आसली रुप के हो ‘सिंहदर्वार’ ?

मलाई शंका लागेकोछ, कि-
भारतीय नस्लको कुनै हरामी सिंहले
कान्तिपुरको कुकुर्नीलाई वीर्य दान गरेपछि
तँ जन्मेको पो हो कि ‘सिंहदर्वार !’
खाँट्टी ‘सिंह’ त यति खिच्चो नहुनु पर्ने हो
भन्, तँ जन्मेपछि वरिपरिका
कति तामाङका जवान रगत-पसिना पिइस् ?
अनेक कालखण्डहरूमा सातसाल सम्ममा
कति नागरिकलाई तुरुङ ठोकेर मारिस् ?
कति ईमान्दार जनतालाई शुलीमा झुन्ड्याइस् ?
कति पतिव्रतालाई चीतामा शती चढाइस् ?
कति बाहुन-टाउको चारपाटे मुडेर भन्ज्याङ कटाइस् ?
कति राजालाई तरुनी-रक्सीले मताएर
आफ्नो निम्ती ‘राजदण्ड’ हात पारिस् ?
आफूलाई ‘सिंहदर्वार’ भन्दै, यहीँबाट
एकतन्त्रे शासन कसरी चलाइस् ?

आफूलाई ‘सिंहदर्वार’ भन्दै, यहीँबाट
निरंकुशतन्त्र कसरी चलाइस् ?
आफुलाई ‘सिंहदर्वार’ नै भन्दै, यहीँबाट
उत्ताउलो-बिहारी प्रजातन्त्रे शासन कसरी चलाइस् ?
आफूलाई ‘सिंहदर्वार’ भनेरै, यहीँबाट
पञ्चायती हिजडा शासन कसरी चलाइस् ?
‘सिंहदर्वार’कै आडमा लुकेर, यहीँबाट
नौलो लोकतन्त्रे नाटक कसरी खेलिस् ?
आफूलाई ‘सिंहदर्वार’ भनेरै, यहीँबाट
गणतन्त्रको न्वारानको दिनैदेखि
कसरी मुलुकलाई खाल्डोमा हालिस् ?

बोल, सिंहदर्वार, बोल !
जुन उपत्यकाको इतिहासमा
‘सिंह’ कहिल्यै थिएनन् भने, तँ
कसको कैफियती वीर्यले ‘दरवार’ भएर जन्मिस् ?
नबोली चुपचाप अझै मुलुकलाई वर्वाद गर्छस् भने
अब म, दावानल-भुइँचालो भएर तँलाई ध्वस्त पार्नेछु
त्यसपछिको मुलुकमा
‘दर्वार’का निम्ति केही हुने छैन, तर
जनजनका ‘घर्बार’का निम्ति सबथोक हुनेछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी को हौ ? तिमी के हौ ?

तिमी को हौ ?...

विक्रम सुब्बा
दाइजोको कविता

दाइजोको कविता

विक्रम सुब्बा
दुई ठोक्तक

दुई ठोक्तक

विक्रम सुब्बा
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x