डा. विदुर चालिसेदेशप्रेमी
एकदिन देशप्रेमी खोज्दैजाँदा यस्तो प्रमाण भेटियो । वास्तवमा उनीहरूको कामको मूल्याङ्कन निकै उच्च थियो । उनीहरूको पहिचान एक सभ्य देशप्रेमीको रूपमा पाइयो । - “माफिया !”

– “दासहरूको कुनै देश हुँदैन । उनीहरूलाई मात्रै बाँच्न र मोज गर्न पाए पुग्छ ।”
सामन्तको प्रभावले वाक्क भएर क्रान्तिको ज्वाला फुकिरहेको आन्दोलनको हकदार आफ्नो मन्तव्य दिइरहेको थियो ।
अर्को कुनामा सर्वहारा श्रमजीवीहरूको नेतृत्व घोकाइरहन्थ्यो ।
– “हामी अन्तर्राष्ट्रिय जाती हौँ ! हाम्रो कुनै देश हुँदैन ।
सामर्थ विहिन समयमा समाजमा एक प्रश्न उठिरहेको थियो ।
– “देशचाहिँ कसको ?”
बृद्धहरूले प्रार्थना गरे । उनीहरू शक्तिहीन विगतका साधन मात्रै थिए । लुलो हात, लर्बरिएको खुट्टा र सुस्त दिमागदेखि हार खाएर भने ।
– “हामी त डाँडामाथिको जून । भविश्य अब सन्ततीको ।”
हेर्दाहेर्दै बुढाबुढीहरू ढलेका थिए । देशले आपत, विपत एवम् सङ्कटमा युवाहरूको खोजी गर्न थाल्यो । तिनको भरोसाका लागि देशले खोजे पनि युवाहरू बिर्सेर विदेश पलायन भएका थिए । उनीहरूमाथि रोजगारीको प्रश्न थियो । त्यसैले उनीहरू रेमिट्यान्सको दबावमा देश बिर्सिरहेका थिए । उनीहरूले पनि देशको खास माया गर्नेहरू कहाँ होलान् भनेर पसिना चुहाउँदै गन्गनाएर भन्थे ।
– “देशप्रेमी को ?”
एकदिन देशप्रेमी खोज्दैजाँदा यस्तो प्रमाण भेटियो । वास्तवमा उनीहरूको कामको मूल्याङ्कन निकै उच्च थियो । उनीहरूको पहिचान एक सभ्य देशप्रेमीको रूपमा पाइयो ।
– “माफिया !”
कसैकसैले निणर्य फाइल र काम काजमा कैफियत तोकिदिए ।
– “माफ गर्नू ! देशको प्रेम !“
०००
काठमाडौ
Subscribe
Login
0 Comments
Oldest





































