साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशप्रेमी

एकदिन देशप्रेमी खोज्दैजाँदा यस्तो प्रमाण भेटियो । वास्तवमा उनीहरूको कामको मूल्याङ्कन निकै उच्च थियो । उनीहरूको पहिचान एक सभ्य देशप्रेमीको रूपमा पाइयो । - “माफिया !”

Nepal Telecom ad

– “दासहरूको कुनै देश हुँदैन । उनीहरूलाई मात्रै बाँच्न र मोज गर्न पाए पुग्छ ।”
सामन्तको प्रभावले वाक्क भएर क्रान्तिको ज्वाला फुकिरहेको आन्दोलनको हकदार आफ्नो मन्तव्य दिइरहेको थियो ।

अर्को कुनामा सर्वहारा श्रमजीवीहरूको नेतृत्व घोकाइरहन्थ्यो ।
– “हामी अन्तर्राष्ट्रिय जाती हौँ ! हाम्रो कुनै देश हुँदैन ।

सामर्थ विहिन समयमा समाजमा एक प्रश्न उठिरहेको थियो ।
– “देशचाहिँ कसको ?”
बृद्धहरूले प्रार्थना गरे । उनीहरू शक्तिहीन विगतका साधन मात्रै थिए । लुलो हात, लर्बरिएको खुट्टा र सुस्त दिमागदेखि हार खाएर भने ।
– “हामी त डाँडामाथिको जून । भविश्य अब सन्ततीको ।”

हेर्दाहेर्दै बुढाबुढीहरू ढलेका थिए । देशले आपत, विपत एवम् सङ्कटमा युवाहरूको खोजी गर्न थाल्यो । तिनको भरोसाका लागि देशले खोजे पनि युवाहरू बिर्सेर विदेश पलायन भएका थिए । उनीहरूमाथि रोजगारीको प्रश्न थियो । त्यसैले उनीहरू रेमिट्यान्सको दबावमा देश बिर्सिरहेका थिए । उनीहरूले पनि देशको खास माया गर्नेहरू कहाँ होलान् भनेर पसिना चुहाउँदै गन्गनाएर भन्थे ।
– “देशप्रेमी को ?”

एकदिन देशप्रेमी खोज्दैजाँदा यस्तो प्रमाण भेटियो । वास्तवमा उनीहरूको कामको मूल्याङ्कन निकै उच्च थियो । उनीहरूको पहिचान एक सभ्य देशप्रेमीको रूपमा पाइयो ।
– “माफिया !”

कसैकसैले निणर्य फाइल र काम काजमा कैफियत तोकिदिए ।
– “माफ गर्नू ! देशको प्रेम !“

०००
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x