साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हह माले हह तारे

Nepal Telecom ad

हह माले हह तारे, थर्काएर जोत्नु पर्छ
मङ्सिरको बाँझो पो त, चर्काएर जोत्नु पर्छ ।

हलोजुवा दाइँने देउरे, हल्लुण हरिस मिलाएर
सार लामो छोटो ठेडी सर्काएर जोत्नु पर्छ ।

सुकेको छ जमिन् भने, डल्ला उठ्न सक्छ धेरै
जमेको छ पानी भने, तर्काएर जोत्नुपर्छ ।

रह्यो भने राँटो बिचमा, अर्को सियो बङ्ग्याएर
पल्ला छेउमा पुगेपछि, फर्काएर जोत्नुपर्छ ।

भन्नजस्तो सजिलो त, काम गर्दा काँ हुन्छर ?
हलोजुवा जस्तै शरिर, मर्काएर जोत्नु पर्छ ।

हह माले हह तारे, थर्काएर जोत्नु पर्छ
मङ्सिरको बाँझो पो त, चर्काएर जोत्नु पर्छ ।
नाङ्लेभारे ५ काठमाडौं
हाल : युएइ, दुबई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x