साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार थप्पड

Nepal Telecom ad

१.
मसँग भाग्छु भन्छ्यौ खै ! मैले त पत्याएको छैन
मसँग बस्छु भन्छ्यौ खै ! मैले त पत्याएको छैन
जवानीमा यस्तै हुन्छ सानू ! यो तिम्रो उमेर बोलेको हो
मसँग मर्छु भन्छ्यौ खै ! मैले त पत्याएको छैन ।

२.
जसले सही मूल्याङ्कन गर्नु पर्ने हो–
उही पैसामा बिक्छ के गर्नुहुन्छ तपाईं ?
जो तपाईं हाम्रो लागि मर्नु पर्ने हो–
उही पैसामा बिक्छ के गर्नुहुन्छ तपाईं ?
चाहे वामपन्थी हुन् चाहे दक्षिणपन्थी हुन्
नोटको अगाडि कसैको केही लाग्दैन
जसले हाम्रो दुःखकष्ट हर्नु पर्ने हो–
उही पैसामा बिक्छ के गर्नुहुन्छ तपाईं ?

३.
हाँस्दा पनि सुख छैन यहाँ रूँदा पनि सुख छैन यहाँ
बस्दा पनि सुख छैन यहाँ हिँड्दा पनि सुख छैन यहाँ
जे गर्दा पनि चियोचर्चो गर्दै कुरा काट्छन् मान्छेहरू
बाँच्दा पनि सुख छैन यहाँ मर्दा पनि सुख छैन यहाँ ।

४.

हिजो जनता मार्नेलाई पनि अब हामीले नमस्कार गर्नुपर्ने भयो
दुई हात जोडेर बडो आदरपूर्वक ‘सभासदज्यू’ भन्नुपर्ने भयो 
गणतन्त्र भनेकै यही हो क्यारे म त कस्तो हरिलट्ठक रहेछु 
केही देलान् कि भनेर उनीहरूकै अगाडि मुख मिठ्याउनुपर्ने भयो ।
हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
अन्तिम रहर

अन्तिम रहर

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६०

बेलाको बोली- १६०

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x