साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिजुली

Nepal Telecom ad

आजकल बिजुलीलाई फुर्सद छैन
कहिले मध्यरातमा आउँछे
कहिले झिसमिसेमै आउँछे
आजकल बिजुलीलाई फुर्सद छैन ।

कहिले वल्लो घरमा बस्छे
कहिले पल्लो घरमा बस्छे
डेरा सरेको सरै गर्छे सधै
आजकल बिजुली सारै थकित छे ।

आजकल बिजुलीलाई आराम छैन
कहिले रात ढल्केपछि आउँछे
कहिले मध्यदिनमै आउँछे
जहिले आउँछे सुनसान हुँदा आउँछे ।

आजकल बिजुलीमा बिश्वास छैन
आजकल बिजुली ठूली भा’छे
भात पकाउँदिन बिजुली–
भाँडा माझी सकेपछि आउँछे
लुगा धुँदिन बिजुली–
लुगा सुकीसकेपछि आउँछे
आजकल बिजुलीलाई समय छैन ।

सबै कहाँ एकैचोटी आउन सक्दिन बिजुली
समय मिलाई मिलाई आउँछे
सबैलाई भेट्ने समय दिन्छु भन्छे
आजकल बिजुली मन्त्रीभन्दा व्यस्त भा‘छे ।

आजकल बिजुलीमा तागत छैन
गाऊँघर टोलटोल घुमीहिँड्छे
कहिले आउँदा आउँदै सुत्छे बिजुली
भन्छे– आज अलि धेरै भयो, धान्न सकिन

आजकल बिजुलीलाई फुर्सद छैन
आजकल बिजुलीलाई आराम छैन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x