साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विनाशकारी बडाभूकम्प

Nepal Telecom ad

बहत्तर साल बैशाख बाह्र गते बाह्र बज्न बाह्र मिनेट बाँकी बन्ने बेलामा बाबुरामको बस्ती बारपाकमा विन्दु बनाएर विनाशकारी बडाभूकम्पले वित्यास बनायो । बाह्र गते बाह्र बज्न बाह्र मिनेट बाँकी बन्ने बेलामा बत्तीएर बाउँठिएको बडाभूकम्पले बारपाक, बाहबिसे, बिदुर, बट्टार बजार, बानेश्वर, बालुवाटार, बिजेश्वरी, बागदरबार, बागबजार, बबरमहल, बल्खु, बुढानिलकण्ठ, बालाजु, बसर्पाक, बाइपास, विशालनगर, बाफल, विशाल बजार, बसन्तपुर, बसुन्धरालगायत बाह्रसय बयानब्बे बस्तीमा बेसरी बिनास बनाएछ । बस्ती बस्तीमा विनाश बनाएपछि, बझाङ्ग, बाजुरा, बारा, बैतडी र बाग्लुङका बासिन्दाले बालुवाटारमा फोन गरेर बुढालाई बताएपछि, बुढाले बत्तिस दल बोलाएर, बामदेवसँग वार्तामा बसेछन् ।

बस्तीबस्तीमा बुढा बुढी बच्चाबच्ची बयस्क र बिरामीहरूलाई बिजोग र बेहाल बनायो । बस्तुभाउ र बाख्राबस्तुको बेहाल बन्यो । बाच्छाबाच्छीहरू बेसरी बाँँ बाँ … गर्दै थिए । बिचरा ….! बयासी बर्षपछि बहत्तर सालमा बत्तिएको बडाभूकम्पले बाँचेका बिरामी र बाबुनानीहरूको बिच्चली बनायो । बिचरा बिरामीहरू ब्याण्डेज बाँधेर बर्बराइ रहन्थे । बेलायत, बुरुण्डी, बम्बई, बइेजिङ, ब्राजिल, बंगलादेश, ब्रनाई, बोलिभियालगायत बैसट्ठीवटा विकसित विदेशबाट बास र बस्त्र बाँड्न बार्तामा बस्न थाले । विश्व नै विश्वास बिहीन बन्यो । वैज्ञानिक, विद्वान र विशिष्ट व्यक्तिले समेत बडाभूकम्पबारे बताउन बिर्सेछन् ।

बिचारा बस्ती बिहीनहरूलाई बस्ती बसाल्न, बामदेवले बाह्रबाह्र हजार बाँडेछन् । वस्ती विहीनहरूलाई बेजिङ, बम्बै, बङ्गलादेशबाट ल्याइएको बलियो पाल बि.आई.सी.सी.का विशिष्ट व्यक्तिहरूलाई बाँडे । बास बनाउन विदेशीले वितरण गरेका बलीयो जस्ता नि विशिष्ट व्यक्तिहरूले बेचेछन् । बामदेवले बस्ती विहीनहरूलाई बाँडेको बाह्र बाह्र हजारले बास त बन्ला । बेला बेलामा बत्तिने बतासले झन बेहाल र बिचल्ली बनाई सक्यो । विकसित देशले बिचल्ली बनेका बस्तीमा बलियो बास बनाइ दिन्छु भन्दा नि बामदेवले बनाउन दिएनन् । बहत्तर साल बैशाख बाह्र गते बाह्र बजे विनाश बनेका विश्व सम्पदा र बस्ती बनाउन बालबालिका, वृद्धवृद्धा र वयस्कले बुद्धिले बल बाँधेर बनाउने हो भन्ने बिस बर्षमा बन्ने विकास र बस्ती बाह्र वर्षमै बन्छ ।
चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
0
Would love your thoughts, please comment.x
()
x