साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली टाइम

Nepal Telecom ad

सभ्यताको पगरी गुथेका हामी सज्जनहरूको जिब्रो–जिब्रोमा दिनहुँ फट्याङ्ग्रो फट्के झैँ फट्किरहने शब्द समूह हो “नेपाली टाइम” । जब हामी अल्छी प्रेमको बल्छीमा परेर अँध्यारो गल्छीमा लुक्दै, ठेला न टुप्पाका गफका झुप्पाहरूमा झ्ँयाईंकुटी गर्दै मदमस्त हुन्छौँ र मन्टो तानी–तानी घडी हेर्दै जानी–जानी कुनै कार्यक्रम वा बैठकमा तोकेको समयमा जान बडो कन्जुस गर्छौँ । अबेरसम्म चिरिच्याट्टै पहिरनमा पल्किन्छौ, ठाँटिएर प्याट्टै–प्याट्टै चुट्की बजाउँदै ऐनामा टल्किन्छौ, अनि मुठ्ठीभर मनमा भव्य भै छचल्किन्छौँ । तर सुस्तमनस्थितीमा टपेर सुनौलो त्क्मा पाएजस्तो समयलाइ घोक्रेठ्याक लगाउँदै, बेला न कुबेला असिन न पसिन हुँदै वहानाबाजीको टुप्पी समाउछौ । मुस्किलले टुपुक्क पुग्छौँ, त्यो नै नेपाली टाइम हो । अर्थात दश बजे बोलाएको छ भने एघार– बाह्र बजे, एघार बजे बोलाएको छ भन बाह्र– एक बजे, बाह्र बजे बोलाएको छ भने एक– दुइ बजे, एक बजे बोलाएको छ भने दुइ– तीन बजे, दुइ बजे बोलाएको छ भने तीन–चार बजे, हल्लिँदै न कहल्लिदै कार्यक्रम स्थलमा पुग्छौँ । देख्नु भो, नेपाली टाइमको करामत ! एक दुइ घण्टा ढिलो गर्नैपर्ने ?

हुन त नेपालमा ढिलो नगरेर कहाँ ठूलो मान्छे भइन्छ र ? तोकेको समयमा पुगियो भने त धोती न टोपी हुन के बेर ?, नाकका पोराहरू सुक्न के बेर ? दिउँसै स्यालहरू भुक्न के बेर ? त्यसो त ढिलो गर्नै पर्छ । अझ प्रमुख अतिथिको लेबल टाँसिएको छ भने त झन् ढिलो गर्दा राम्रो ! त्यसो भयो भने घण्टौँसम्म कुर्न सकिन्छ, कुर्दाकुर्दै मजाले घुर्न पनि सकिन्छ ! आखिर बेला न कुबेला कुनै मान्छे यमराज कहाँ पुग्यो भने पनि त कुर्नै पर्छ नि, कि कसो ?

यसरी एक दिनमा एक घण्टा ढिलो गर्नेले एक महिनामा तीस घण्टा ढिलो गर्छ भने एक वर्षमा ३६५ घण्टा ढिलो गर्छ अर्थात एक वर्षमा एक महिना ढिलो गर्छ । अ‍ोहो ! चुस्त बडे मानवहरूको छरितोपन र समयको सम्मान ! कम महान् छौँ हामी ! सधैँ ओल्याङ न मल्याङ गर्दै कुरै कुरामा छलाङ मार्छौँ । एउटा बोल्ने, अर्कै गर्ने, एउटाले बनाउने, अर्कै तर्ने, एउटा बाँच्ने, अर्को चाहिँ मर्ने ! धन्य हो नेपाली टाइम !

हुन त यो नेपालीको सस्कार हो, चलन हो, यस्तो चलनमा किन जलन देखाउने ? ससार माथि गैरहेको बेला तलतिर ताँती लाग्ने चलन ! ससार पूर्व गैरहेको वेला पश्चिममा झाँकी लाउने चलन ! होइन त ?, केही कुरामा कट्टर भए पनि केहीमा उदार हुनैपर्छ, केहीमा लुते लाम्रे भएपनि केहीमा त सर्दार बन्नैपर्छ । अरुले समय लाइ सत्र्काछन् हामीले यसलाइ धिक्कारछौ । यस्सै ढिलो,  उस्सै ढिलो, किन एक दुई घण्टा ढिला जाने ? बरु एक दिनै ढिलो जाने ! बरु एक हप्तै ढिलो जाने !,बरु एक महिनै ढिलो जाने तव पो ढिलो जानुको करामत देखिन्छ । जस्तो कि आज कुनै कार्यक्रममा बाह्र वजे बोलाएको छ भने भोली बाह्र बजे जाने, भोलि एक बजे बोलाएको छ भने पर्सि एक वजे जाने, त्यस्तै गरेर पर्सि बोलाएका छ भने निकपर्सी जाने, एवम रीतले यो हप्ता बोलाएको छ भने अर्को हप्ता,अर्को हप्ता बोलाएको छ भने अझ अर्को हप्ता, यो महिना वोलाएको छ भने अर्काै महिना जाने । ढिलो जानु भनेको नजानु या अर्काे दिन जानु जस्तै हो । यसो भयो भने धेरै कुरामा फाइदा हुन्छ । जुन दिनमा कार्यक्रम हुन्छ, त्यसदिन मान्छे नै जाँदैनन्, जुन दिनमा कार्यक्रम हुन्न त्यस दिन मान्छे जान्छन् । कार्यक्रम आयोजकले पनि खर्च जुटाउनु परेन भने अर्काे दिन जानेहरूलाइ वसिराख्नु परेन । त्यसो भयो भने आयोजकलाई पनि फाइदा, संयोजकलाई पनि फाइदा, प्रायोजकलाई पनि फाइदा, गयोजकलाइ पनि फाइदा । फाइदैफाइदा ! नेपाली समय क्या तमासाको काइदा ! यसो भयो भने न खर्चको बील चाहियो, न कार्यक्रमको सील चाहियो, न समोसा चपाउने दाँते मील चाहियो, न कार्यक्रम झुण्डाउने खील चाहियो । न कसैले कुर्नुपर्यो न त घण्टौँसम्म घुर्नुपर्यो । यता जाउ टेन्सन फ्रि, उता जाउ टेन्सन फ्रि, मान्नै पर्छ नेपाली समय श्री ।

कुनै निहुँ बिना कालले लग्दैन भने जस्तो कछुवापन लाई ढाकछोप नगरी चतुरपन देखाउन सकिदैन । त्यसो त बडो चलाक देखाउने निहुँ हो नेपाली टाइम ! सज्जनबृन्द ! अब परीक्षा वा अन्तरवार्ता दिन जाँदा भनौँ या बस या हवाइजहाज चढ्दा तोकेको समयभन्दा एक, दुई घण्टा ढिलो गएर खर्रर्रर लेखौ या सर्रर्रर यात्रा गरौ ? जीबनकै जात्रा देखिनेछ, अन्तराष्ट्रिय हास्य पात्रको सिट मिलाउँदै गिनिज बुकमा फिट गरिनेछ । विश्व समय मापदण्डलाई कोचकाच पारेर भए पनि घिस्रिदै र अत्तरिदै पछारिनै पर्छ, लोसे न घोसे हुनैपर्छ । फुत्त, फुत्त ओडारे मुखबाट यो शब्द झार्र्ने पर्छ ! किन कि ढिलो नगरे पछारिदैन, नपछारिए पछि परिदैन, पछि नपरे दरिद्र भईदैन, दरिद्र नभए भिखारी भर्इंदैन, भिखारी नभए, माग्न पाइदैन । नमागे खान पाइदैन, त्यसो त लोसे, घोसे, र बनावटी बन्नै पर्छ, । धन्य हो नेपाली टाइम, विश्वले गजब मान्नै पर्छ ! अस्तु !
रोल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छानबिन आयोग

छानबिन आयोग

नारायण आचार्य
0
Would love your thoughts, please comment.x
()
x