साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्रकार किन ? नेतै बने भयो !

Nepal Telecom ad

वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर चितवनमा केही समय मैले जाँचमा पर्यवेक्षक भै बस्नु पर्दा सो क्याम्पसका ज्यादै भद्र एक जना प्राध्यापक महोदयसित मेरो मित्रता भयो । उहाँ दुईखुट्टे मान्छेलाई मात्र हैन चारखुट्टे पशुपंक्षीलाई पनि उपद्राे माया गर्नु हुँदो रहेछ । आफूले पालेको खरायो र कुखुराहरूसित पनि मान्छेसँग जस्तै भलाकुसारी गर्नुहुन्छ । दुबैथरिले एक अर्काको कुरा बुझ्ने ! प्रेम र युद्धमा जे पनि सम्भव छ, भन्छन् ।

उहाँले मलाई आफ्नो मित्रताको गाँठोमा बाँधेपछि सुनाउनु भयो, खरायो–दम्पत्तिले चारोटा बच्चा पाएछ । खरायोको बुढाबुढीमा गफलत चल्न थाल्यो– छोराछोरीलाई भविष्यमा के बनाउने भनेर । आमा भन्थी रे– म त छोराछोरीलाई पत्रकार बनाउँछु । पत्रकारहरू देशका चौथो अंग हुन् । जनता, देश र नेताहरूलाई समेत बाटो देखाउन सक्छन् ।

बाबु चैं पड्केछ, धत् लाटी के कुरा गरेकी त्यस्तो ! देखिनस् चितवनमा पत्रकारहरूले कत्रो भाँडभैलो गरेको ! आपसमै हूलदंगा गरेको ! झण्डै कुर्सीका लागि टउको फोराफोर गरेका ! चौथो अंग हैन चुत्थो अंग भैसक्यो यो पत्रकार जगत् । बदमासी नै गर्ने हो भने संसदमा र सरकारमा किन नजाने ? मन्त्री किन नबन्ने ? पत्रकार किन बन्नु पर्यो ! नेता बने भैहाल्यो नि ! कुनै एउटा पद पड्काउन सक्यो भने सात पुस्तालाई सुती सुती खान पुग्ने !

बुढाको कुरा सुनेर बुढीको पनि चित्त बुझेछ । उसले मुन्टो हल्लाएर सही थापी ए… हो त नि ! नेताहरू जस्तै गतिछाडा हुनुछ भने पत्रकार किन नेतै बने भयो ! मरेपछि खुट्टै पसारेर… !
थानकोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x