मुकुन्द आचार्यपत्रकार किन ? नेतै बने भयो !
वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर चितवनमा केही समय मैले जाँचमा पर्यवेक्षक भै बस्नु पर्दा सो क्याम्पसका ज्यादै भद्र एक जना प्राध्यापक महोदयसित मेरो मित्रता भयो । उहाँ दुईखुट्टे मान्छेलाई मात्र हैन चारखुट्टे पशुपंक्षीलाई पनि उपद्राे माया गर्नु हुँदो रहेछ । आफूले पालेको खरायो र कुखुराहरूसित पनि मान्छेसँग जस्तै भलाकुसारी गर्नुहुन्छ । दुबैथरिले एक अर्काको कुरा बुझ्ने ! प्रेम र युद्धमा जे पनि सम्भव छ, भन्छन् ।
उहाँले मलाई आफ्नो मित्रताको गाँठोमा बाँधेपछि सुनाउनु भयो, खरायो–दम्पत्तिले चारोटा बच्चा पाएछ । खरायोको बुढाबुढीमा गफलत चल्न थाल्यो– छोराछोरीलाई भविष्यमा के बनाउने भनेर । आमा भन्थी रे– म त छोराछोरीलाई पत्रकार बनाउँछु । पत्रकारहरू देशका चौथो अंग हुन् । जनता, देश र नेताहरूलाई समेत बाटो देखाउन सक्छन् ।
बाबु चैं पड्केछ, धत् लाटी के कुरा गरेकी त्यस्तो ! देखिनस् चितवनमा पत्रकारहरूले कत्रो भाँडभैलो गरेको ! आपसमै हूलदंगा गरेको ! झण्डै कुर्सीका लागि टउको फोराफोर गरेका ! चौथो अंग हैन चुत्थो अंग भैसक्यो यो पत्रकार जगत् । बदमासी नै गर्ने हो भने संसदमा र सरकारमा किन नजाने ? मन्त्री किन नबन्ने ? पत्रकार किन बन्नु पर्यो ! नेता बने भैहाल्यो नि ! कुनै एउटा पद पड्काउन सक्यो भने सात पुस्तालाई सुती सुती खान पुग्ने !
बुढाको कुरा सुनेर बुढीको पनि चित्त बुझेछ । उसले मुन्टो हल्लाएर सही थापी ए… हो त नि ! नेताहरू जस्तै गतिछाडा हुनुछ भने पत्रकार किन नेतै बने भयो ! मरेपछि खुट्टै पसारेर… !
थानकोट, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































