टिपनटापनभानुका दुइ व्यङ्ग्य कविता
(भानु जयन्तिका अवसरमा सादर शब्दश्रद्दा सहित फित्काैलीकाे खित्काैली)
खूसी भया छन् हरि
एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि।
मान्माथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी।
रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु।
भाेलि
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी।
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।
Subscribe
Login
0 Comments
Oldest







































