साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘भानुले एकताबद्ध गराए’

Nepal Telecom ad

राजविराज, २९ असार । आदिकवि भानुभक्त आचार्यको २०२ औं जन्मजयन्तीको अवसरमा मंगलबार राजविराजमा साहित्य गोष्ठीका साथै उनको व्यक्तित्व र कृतित्वबारे चर्चा गरियो ।

सगरमाथा साहित्य परिषद् र विश्व नारी नेपाली साहित्य समाजले आयोजना गरेको कार्यक्रममा पूर्व नगर प्रमुख शैलेश चौधरीले नेपालीलाई एकताबद्ध गर्न भानुभक्तको ठूलो योगदान रहेको स्मरण गरे । राजनीति, खेलकुदलगायतका क्षेत्र समाजसेवाभन्दा पनि पेशा, व्यवसाय बन्दै गइरहेका बेला साहित्य समाजसेवाको सशक्त आधार बनेर उभिएको उनले बताए ।

परिषद्का पूर्व अध्यक्ष अनिल अनलले नेपाली भाषाका आधारस्तम्भ आदिकवि आचार्यलाई सम्पूर्ण नेपालीले सदैव स्मरण गर्नुपर्नेमा जोड दिए । साहित्यिक व्यक्तित्वहरूमन्जु श्रेष्ठ, मीना ठाकुर, साधना झा, नन्दलाल आचार्य, करुणा झा, सागरवीर कडारी, इन्द्रबहादुर थापा, श्यामसुन्दर यादव, लक्ष्मी ठाकुर, शिवकान्त सुमन, बन्दना मिश्र, सोभिता दास, आभासेतु सिंह, अरविन्द कुमार यादव, नविन रहपाल, सरोजकुमार सन्त, दिपेन्द्र यादवलगायतले आदिकवि आचार्यको स्मरणमा गीत, कविता, गजल, निबन्ध वाचन गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरे ।

परिषद्का अध्यक्ष मनोहरकुमार पोखरेलको अध्यक्षता र सचिव नन्दलाल आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत समाजकी अञ्चल अध्यक्ष करुणा झाले गर्नुभएको थियो ।

राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए । उनका बधुशिक्षा, प्रश्नोत्तरी, भक्तमाला, रामगीतालगायतका कृति सदावहार रुपमा चर्चित छन् ।

मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनी प्रकाशित गरेपछि नेपाली भाषा साहित्यजगत्मा भानुभक्तको योगदान प्रकाशमा आएको हो ।
–मनोहरकुमार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x