सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विजुली

Nepal Telecom ad

मेरो घरमा ‘सूर्य’
अस्ति पनि दिनभरि आयो
हिजो पनि दिनभरि आयो
आउँदा रित्तै आएन ‘सूर्य’
अँगालो भरी उज्यालो बोकेर आयो,
भित्र–बाहिर
तल–माथि चारैतिर
झलमल्ल उज्यालो फिँजायो ।

आउन त मेरा घरमा
हिजो साँझमा मिलिक्क
बिजुली पनि आयो
मुठ्ठीमा पोको पारेर
दुवै आँखालाई पनि नपुग्ने गरी
झिलिक्क उज्यालो पनि बोकेर ल्यायो,
अनि
हामी सबैलाई पिलिक्क हेर्दै –
जताबाट आयो–उतैतिर गयो,
रित थियो उसको यो–
त्यसैले–
किन आयो– मैले सोध्दै सोधिन !
किन गयो– मैले खोज्दै खोजिन !
तर–
भोलिपल्ट बिहान उज्यालो भयो
बिजुली त आउनै भ्याएन मेरो घरमा
बरु एकजना मान्छे पठायो
“म बिजुलीको मिटर रिडर हुँ” भन्दै,
रूपान्तरित हुँदै, सूर्यलाई पनि चुनौती दिँदै
तिर्नै नसकिने यति लामो बिल पो पठायो ।

झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

कृष्ण सुवेदी ‘निराकार’
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने
फेरि बधाईं

फेरि बधाईं

हेम अधिकारी
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल