साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विजुली

Nepal Telecom ad

मेरो घरमा ‘सूर्य’
अस्ति पनि दिनभरि आयो
हिजो पनि दिनभरि आयो
आउँदा रित्तै आएन ‘सूर्य’
अँगालो भरी उज्यालो बोकेर आयो,
भित्र–बाहिर
तल–माथि चारैतिर
झलमल्ल उज्यालो फिँजायो ।

आउन त मेरा घरमा
हिजो साँझमा मिलिक्क
बिजुली पनि आयो
मुठ्ठीमा पोको पारेर
दुवै आँखालाई पनि नपुग्ने गरी
झिलिक्क उज्यालो पनि बोकेर ल्यायो,
अनि
हामी सबैलाई पिलिक्क हेर्दै –
जताबाट आयो–उतैतिर गयो,
रित थियो उसको यो–
त्यसैले–
किन आयो– मैले सोध्दै सोधिन !
किन गयो– मैले खोज्दै खोजिन !
तर–
भोलिपल्ट बिहान उज्यालो भयो
बिजुली त आउनै भ्याएन मेरो घरमा
बरु एकजना मान्छे पठायो
“म बिजुलीको मिटर रिडर हुँ” भन्दै,
रूपान्तरित हुँदै, सूर्यलाई पनि चुनौती दिँदै
तिर्नै नसकिने यति लामो बिल पो पठायो ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

कृष्ण सुवेदी ‘निराकार’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x