साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

कति मीठो त्यो जुलेवी कतै छैन दुलो बनाउनेले बिना दुलो रस कसरी हुल्यो ? यस्तै कुरा गर्थ्याे  हर्केसाइँलो नेता हुनु अघि- सिंहदरबार छिरेपछि सबै कुरा भुल्यो !

Nepal Telecom ad

१.
आमाले भन्थिन् बाबु भोकै नबस नुनभात भए पनि अघौंजी खाऊ !
बाबाले भन्थे बाबु अक्षर नछोडी पढ सधैं स्कुल जाऊ
तर अहिले श्रीमतीले भन्छिन् अरु जे सुकै गर मेरो भन्नु केही छैन-
तलब थापेको भोलिपल्ट कतै दायाँबायाँ नगरी पैसो लिएर खुरुक्क घर आऊ !

२.
परार साल मैले शुद्ध दुधमा अलिकति पानी मिसाएर बेचेँ, त्यसले मलाई फलिफाप भएन,
पोहोर साल शुद्ध दुधमा अलिकति पानी मिसाएर बेचेँ, त्यसले पनि मलाई उँभो लाउँदै लाएन,
यसपालि त विचारमा परिवर्तन गरेँ हजुर
शुद्ध दुधमा पानी होइन- शुद्ध पानीमा अलिअलि दुध मिसाएर बेच्दा मलाई त पैसा थन्क्याउने फुर्सदै भएन !

३.
कति मीठो त्यो जुलेवी कतै छैन दुलो
बनाउनेले बिना दुलो रस कसरी हुल्यो ?
यस्तै कुरा गर्थ्याे  हर्केसाइँलो नेता हुनु अघि-
सिंहदरबार छिरेपछि सबै कुरा भुल्यो !

चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x