साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाटको शिक्षा

“एउटा कुरा सुन् घाटे ।” “छिटो भन्न् !” “पैसाले मान्छेलाई माथि लाँदो रहेछ तर....।” “फेरि तर के ?” “तर मान्छेले पैसा माथि नलाँदो रहेछ ।”

Nepal Telecom ad

घाटमा लाश लडिरहेका थिए । मलामीहरू क्रमश लाश जलाउन तल्लीन थिए । मुखाग्नी पाउनेजति ब्रह्मालोक जादैथिए । किनारमा बसेर चिउरा बिस्कुट चबाउन तल्लीन भएको एक मलामीलाई एउटा आवरा कुकुरले सुँघ्दै भन्यो ।
“के हाङ्ग्र्राले पाङ्ग्र्रो निलेझैं निल्छ्स् फ्याँक्न दुइटा बिस्कुट !”
त्यो मलामीले कुकुरलाई एक लात कस्यो । कुकुर अलिक पर गएर ढल्यो । यो दृश्य हेरिरहेका एक हुल आवारा कुकुरहरू भुक्दै आएर त्यो मानिस भनाउँदो कुकुरलाई कुकुरले कुकुर गाली गरे ।
“खान नपाएको अनिकाले मलामी । बाँसको डोलीमा आएकाहरू जस्तै तँ पनि जान्छ्स् । जाबो दुईटा बिस्कुट दिँदा तँ मर्छ्स ?”

त्यो ब्यक्ति हिस्स पर्यो । उसले कहिलेदेखि खाएको, अनि खाँदा आखिर किन एक्लै खाएँछु भनेर पश्चताप गर्यो । किनारमा दुइटा बाँदर समेत चिउरा, बिस्कुट र फलफूलको आशमा टुलुटुलु मलामीलाई हेर्दैथिए । एउटा बाँदरले त्यो मलामीलाई खिसी गर्दै भन्यो ।
“मान्छेको जुनी पाएर खानचैं घाटमा समेत छोड्नु सकेनौं हो कि ? यसो बनदेउतालाई मन्साउने चलन हराएको हो ?”

बाँदरको कुटाइ खाने डरले दाँतबाट पसिना निकाल्दै त्यो ब्यक्तिले एउटा कोथ्रो परेको स्याउ फल फ्याँक्यो । स्याउमा कुकुर र बाँदर तैंछाड् मैछाड् गर्न थाले । उता लाश कोहि पिल्सिदै थिए । कोहि खरानी हुँदैथिए । कोहि दागबत्तीमा थिए ।

घाटेले एउटा लाशको कानमा गएर भन्यो-
“स्वर्ग जाने कि नर्क ?”
“स्वर्गमा सबैको लक्ष्य भएर भिड भए मलाई नर्क ठिकै छ ।”
“तर…।”
“तर के ?”
“सुन् ! त्यो कुकुर बाँदर त मान्छेको जुनी भन्दा ठ्याक्कै अघिको रहेछ । राम्रो गर्नु है ? त्यो जुनी मार्फत मात्रै मनुष्य सम्भव रहेछ ।”

घाटेले लाश घोच्दै भन्यो-
“जा जा । आफ्नो बाटो ! मलाई हतार भयो । अरु पनि धेरै लाइनमा छन् ।”

“एउटा कुरा सुन् घाटे ।”
“छिटो भन्न् !”
“पैसाले मान्छेलाई माथि लाँदो रहेछ तर….।”
“फेरि तर के ?”
“तर मान्छेले पैसा माथि नलाँदो रहेछ ।”

सिक्किम । २४ जुलाई २०२२ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रमजीवी !

श्रमजीवी !

हेमराज अधिकारी
जङ्गलको बतास

जङ्गलको बतास

हेमराज अधिकारी
भिडसँग

भिडसँग

हेमराज अधिकारी
कथाको अन्त

कथाको अन्त

हेमराज अधिकारी
कठै उल्लूहरू !

कठै उल्लूहरू !

हेमराज अधिकारी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x