साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोबाइल महिमा

मान्छे योग्य अयोग्य छन् नगरमा चिन्दै मरे मैं मरूँ । यो विश्वास सँगै छ घात अति नै धेरै कुरा के गरूँ ।

Nepal Telecom ad

प्यारो बन्न गयो अहो मुलुकमा साथी छ मोबाइल
अट्दा विश्व सबै लुसुक्क कसरी जाती छ मोबाइल
तन्द्राले जब छोड्छ उठ्छ सहजै जल्लान् जलून् ती अरू
प्यारी छोड्छ बरू घनिष्ट सबको धेरै कुरा के गरूँ ।१।

के के अट्छ यहीं भुले मनुज यी ऐना बनी दिन्छ यो
एक्लो छैन कतै छ साथ यिनको सारा खुशी लिन्छ यो
खेल्छन् मानिसले रमी सँगसँगै अल्छी बनेकाहरू
मान्छे दास बने उठेर अघि नै धेरै कुरा के गरूँ ।२।

पढ्छन् बालक ती अघिल्तिर छ यै, ज्ञानी बनायो पनि
पढ्दैनन् सजिलै किताब अब ता बानी लगायो पनि
छुट्यायो परिवारबाट ममता टाढा लग्यो ती बरू
साथी सम्पत्ति यै छ प्यार जनको धेरै कुरा के गरूँ ।३।

लेख्छन् पाठ यहीं ती रहरले मौका भयो ठान्दछ
कापी दिक्क हुँदै बताउछ सधैं धोका छ यो जान्दछ
कस्तो तारिफ गर्छ मानिस खुली व्याख्या नयाँ छन् अरू
दिन्छन् मूल्य अमूल्य पो हुन गयो जल्ने जलून् के गरूँ ।४।

गर्छन् प्रेम युवा रमेर युवती विश्वासमा जो परी
यस्कै माध्यमबाट छन् नजिकमा संसार सानो गरी
बन्छन् योग्य सुयोग्य मानवहरू चिन्छन् धराका अरू
विद्या बुद्धि बुझेर दिन्छ समता धेरै कुरा के गरूँ ।५।

छन् मोबाइल साथसाथ सबका भुल्छन् यतै बालक
सुम्पेका कसरी भुलेर यसरी कर्तव्य खै पालक ?
गर्छन् नाटक प्रेमले लहडमा बिर्सी अवस्थाहरू
बिर्सिन्छन् जनले छ वृद्ध वय नै धेरै कुरा के गरूँ ।६।

बिर्सायो यसले हरे सकल नै अन्धा भए मानव
मातिन्छन् अति नै बडो गजबले लाग्छन् तिनी दानव
पोख्छन् भाव तरंग नक्कल गरी थप्दै गरेका चरू
त्यो ज्ञानी पनि फस्छ मोहित बनी धेरै कुरा के गरूँ ।७।

ढाँट्दै नाम जसै बडापन दिने लुट्छन् मिलेका जति
फस्दैछन् सजिलै सुनी कथन नै मर्छन् टुटेरै कति
मान्छे योग्य अयोग्य छन् नगरमा चिन्दै मरे मैं मरूँ
यो विश्वास सँगै छ घात अति नै धेरै कुरा के गरूँ ।८।

देखिन्छन् घटना अझै जहरिला भोगेर थाक्छन् जन
थाक्दैनन् किन हो बुझी सब कुरा फर्क्यो कि त्यो योवन
खास्टो ओड्छ नकावको मनुजले पर्दा उठाए बरू
नारी शक्ति भनी भुले स्वजनले धेरै कुरा के गरूँ ।९।

राम्रो मात्र सिकून् नसिक्नु कुभलो इच्छा यही एक छ
भोग्नै पर्छ यहीं गरे अधम त्यो यै स्वर्ग यै नर्क छ
गर्नेछन् जनले प्रयोग जसरी यो विज्ञ बन्ला अरू
माला गाँस्छ समस्त विश्व भरिको धेरै कुरा के गरूँ ।१०।

सानोठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x