साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठुलाघरे काका

Nepal Telecom ad

ठुलाघरे काका
काका नि के भन्नु ‘डाका’
हाम्रा स्वाभिमानमाथि
सधैं यिनका गिद्धे आँखा
ठुलाघरे काका । १

हाम्रा आफ्नै भाइहरू
यादव, महतो र ठाकुरहरू पनि कति साखुल्य भा’का
किन घरमा आगो लगाएर दमकल माग्न गा’का
त्यै भएर त काकाले नि मौका पा’का
र भाइ भाइ लडाउन आ’का
ठुलाघरे काका । २

हुन त हाम्रा दाइहरूले पैल्यै आचि खा’का
एउटाले अर्काको जम्मै कुरा ला’का
काकाको पाउमै आफ्ना शिर चढा’का
त्यै भएर काकाले हाम्रा कमजोरी था’ पा’का
र ऐले हामीलाई कजा’का
ठुलाघरे काका । ३

हामी नुन तेलसँग स्वाभिमान साट्दैनौ
भन्ने कुरा कति था’ नपा’का
कि छन हाम्रा दाइहरूले अझै केहि कुराहरू लुका’का
होइन भने हेप्नुको नि हद हुन्छ नि गाँठे !
कस्ता कस्ता सर्त ले’र आ’का
कहिँ नभा’का, मापाका
ठुलाघरे काका । ४

यस्तो काम त पैला पनि भा’को हो एकताका
बन्द गरेकै हुन काकाले आफ्ना नाका
अचम्म छ बा ! सधैं एउटै भाका
हामी लुक्न नजान्ने, झुक्न नमान्ने
अमरसिंका सन्तान हौँ भन्ने कुरा
यिनले बिर्सेका कि बुझ पचा’का
कस्ता डाका ! ठुलाघरे काका । ५

हेटौंडा– ४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x