साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओई, मोदी दाइ

Nepal Telecom ad

ओइे मोदी दाइ !
तिमीले नेपाल आउँदा
गरेका कुराहरू खै ?
तिमी आउँदा
नेपाल असल, सच्चा मित्र भन्दै खोक्यौ
हाम्रो मन जित्नलाई
नेपालीमा पनि भाषण ठोक्यौ
के के न दिउँला भन्दै
पशुपतिनाथलाई पनि ढोक्यौ
आज हाम्रो खुसीमा
किन नमिठो तितो पोख्यौ ?
नेपालको मामिला नेपालीले मिलाउने भन्थ्यौ
आज हाम्रो खुसीमा त
साह्रै बिखुसी पो देखियौ
ट्वीटर पनि पढ्छौ होला नि
हेर त यति चाँडै नेपालीको दिलमा
कसरी तिमी लेखियौ !!
हामी पनि बुझ्दैछौँ
तिम्रो देखाउने दाँत कस्तो रहेछ
लुकाएको आँत कस्तो रहेछ
हरेक देशमा जाँदा
फकाउने बात कस्तो रहेछ
कति वर्ष लट्केको संविधान
बल्ल बल्ल बनायौँ
शान्ति होला भनी
खुसियाली पनि मनायौँ
उत्तरको छिमेकी हामीसँगै रमाउँदा
तिम्रो मन किन रोइरा’छ
नब्बे प्रतिशतले दिएको मतले
तिमीलाई किन यस्तो भइरा’छ ?
आफूलाई बडेभाइ ठाने पनि
हामीलाई कसैको दास नसम्झ
यो देश हाम्रो हो, यो भूमी हाम्रै हो
तिमीले कुनै खास नसम्झ
हामीले बालेको आगो हामी नै निभाउँछौँ
तिमी किन हतास भा’को
बिस्तारै आगो निभ्दैथ्यो
तिमी किन बतास भा’को ?
सक्छौ भने हामीसँग
तिमी पनि खुसी साट
तर हरेक दिन कुरा बदलेर
हामीलाई नढाँट
लोकतन्त्र देश भएर
अर्को लोकतन्त्रलाई नाकाबन्दको कुरा नगर
मनमोहन र सोनियाले पनि नगरेको
सीमा बन्दको दुसाहस पूरा नगर
नत्र भनिदेऊ तिमी
लोकतन्त्रबादी हौ कि ठोकतन्त्रवादी हौ
झाेंकतन्त्रवादी हौ कि जोकतन्त्रवादी हौ ?

दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x