साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ नेपालमा नयाँ कुरा

Nepal Telecom ad

नयाँ नेपालको कुरै नयाँ । हाम्रा विद्यार्थीले पुरानो नेपालको शब्दकोश पढेर परीक्षा बिगार्लान् भनेर केही राजनीतिक शब्दका नयाँ परिभाषा यहाँ प्रस्तुत गरिएको छ ।

जनता : जनता भनेको कुनै पनि राजनीतिक दलका लागि आफ्नो ज्यानको बाजी लगाएर लड्ने कार्यकर्ताको सशस्त्र पंक्ति हो । उदाहरणका लागि माओवादीको वाईसीएल, एमालेको युथ फोर्स, मधेसी मोर्चाका बन्चरावाहक युवाहरू नै जनताका ज्वलन्त उदाहरण हुन् ।

सहिद : चोर, डन, हत्यारा, लुटेरा होस् अथवा कुनै आपराधिक संगठनको सदस्य– कुनै कारणबाट प्रहरी वा अरू कसैबाट मारियो र त्यसलाई कुनै दल वा संघसंस्था वा संगठनले झन्डा ओढाएर १० लाख रुपियाँ क्षतिपूर्ति मागे भने त्यस्तो मृतकलाई सहिद भन्नुपर्छ ।

अनशन : पूरा गर्न सकिने वा नसकिने जस्तासुकै भए पनि माग राखेर पूरा गर्छस् भने गर् नत्र यहीँ मर्दिन्छु भन्ने घुर्की प्रस्तुत गरेर कुनै सार्वजनिक स्थलमा लम्पसार पर्नुलाई अनशन भनिन्छ । यो ससाना केटाकेटीले बाबुआमालाई घुर्की देखाएर माग पूरा गराउने आन्दोलनको विकसित रूप हो । अनशनमा अन्न खान नहुने भएकाले अचेल अन्नको सट्टा अरू शक्तिवद्र्धक खानेकुरा सलाइनको माध्यमबाट शरीरमा प्रवेश गराएर महिनौँसम्म पनि अनशन बस्न सकिने जुक्तिको विकास भएको छ । नयाँ नेपालमा महिना दिनसम्म अनशन बस्ने व्यक्ति पनि ठूलठूलो स्वरमा भाषण गर्न र अन्तर्वार्ता दिन सक्षम हुन्छ ।

जुलुस : कम्तीमा पाँचदेखि बढीमा जति जनासम्म पनि मिलेर विभिन्न माग राखेर जतिसुकै थोरै जना भए पनि जतिसुकै ठूलो सडकलाई वारपार ढाकेर यातायातका साधन आवागमनमा पूरै बाधा र्पुयाई सर्वसाधारणलाई हैरानी दिने मानिसहरूको ताँतीलाई जुलुस भनिन्छ ।

मौन जुलुस : चर्काचर्का नाराहरू लगाउँदै, बेलाबेला ठूलो स्वरमा होहल्ला गर्ने, ताली बजाउने, सिट्टी फुक्ने, हातमा लाठी लिएर उज्याउँदै निधारमा फेटा बाँधेका मानिसहरू दौडिने जुलुसलाई मौन जुलुस भनिन्छ ।

जनआन्दोलन : कुनै राजनीतिक दल वा गुट वा कुनै समूहले केही मानिसलाई कुनै माग राखेर केही दिनसम्म लगातार सडकमा उतार्नुलाई नै जनआन्दोलन भनिन्छ ।

शान्तिपूर्ण जनआन्दोलन : ढुंगा, इँटा, भाला, लाठी, खुँडा, खुकुरी, बन्चरो, हँसिया, हथौडा, छुरी, चुप्पी, बियरका बोतललगायत बस्तु हातहातमा लिई गरिने प्रदर्शनीलाई शान्तिपूर्ण जनआन्दोलन सम्झनुपर्छ । यस प्रकारको शान्तिपूर्ण जनआन्दोलन गर्न प्रहरीले छुट दियो भने यो जुलुसले कुनै हिंसात्मक क्रियाकलाप नगर्न पनि सक्ने भएकाले यसलाई शान्तिपूर्ण जनआन्दोलन भनिएको हो । तर, यस्ता आन्दोलनमा प्रहरीले बल प्रयोग र्गयो भने प्रतिरोधमा आगजनी, तोडफोड र हत्या पनि हुन सक्छ । यस्तो शान्तिपूर्ण जुलुसले अन्धाधुन्ध प्रहार गर्दा कोही र्मयो भने पनि त्यसलाई हिंसा भन्न नपाइने ।

शान्ति सुरक्षा कायम गर्ने : प्रहरीले शान्ति सुरक्षा कायम गर्ने भनेको शान्तिपूर्ण जुलुसमाथि पानीको फोहरा, हल्का लाठी चार्ज र अश्रुग्यास प्रहार गरी १०/२० जनालाई घाइते बनाई लडाउने, रबरको गोली चलाउने, घुँडामुनि गोली हान्ने आदि कार्यलाई जनाउँछ ।

सामान्य बल प्रयोग : टाउको, हात, खुट्टा, तिघ्रा वा ढाडका हाड धुलिने गरी लाठीले हान्नु, हजारौँ राउन्ड अश्रुग्यास प्रहार गरी सहरलाई आँसुमा डुबाउनु, त्यति गर्दा पनि आन्दोलनकारीले नटेरेमा घुँडामाथि ताकेर गोली हान्नु र त्यसले पनि नपुगे आँखा चिम्लेर जता मन लाग्यो, त्यतै गोली हान्नु आदिलाई सामान्य बल प्रयोग सम्झनुपर्छ ।

नेपाल, आश्विन ७, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x