साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोक्तक

Nepal Telecom ad

१. रहर

घरखेत बन्धकी राखेर
एउटा रहर अरब पसेको छ ।
घरखेतमै लुट्पुटिएर
अर्को रहर व्यवहारमै फँसेको छ ।
रहरलाई रहरमै राखेर
तेस्रो रहर सहरमा बसेको छ ।
आँसुको पोखरीमा पौरी खेल्दै
चेलीको रहर वेश्यालयमा खसेको छ ।

२. वास्तविकता

सामथ्र्य उस्ताको उस्तै छ
आवश्यकताले सगरमाथा छोइसक्यो,
महङ्गीको दुन्दुभी सुनेर
यहाँ हरेकको जीवनै रोइसक्यो ।

३. अभिवादन

एकातिर,
कारैकारको ट्राफिक जाम छ ।
अर्कोतिर,
ढाकरै ढाकरको उरुङ् लाम छ ।
भनाइ र गराइमा फरक देखियो ए ! प्रजातन्त्र !!
तेरो वी.पी.लाई ‘जयनेपाल’ र
पुष्पलाललाई ‘लालसलाम’ छ ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x