साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रावणको अन्त्य होस्

Nepal Telecom ad

कस्तो भाव हुँदा बनिन्छ जगमा मान्छे कुनै रावण
विद्वान् होस् अथवा कुनै मुलुकको नेतृत्व संरक्षण
के साँच्चै युग एकमा कि अथवा हुन्छन् सधैँ रावण
सोच्दो यो मन भन्छ हैन जहिलै सर्वत्र छन् रावण ।

राम्रा रूप मुहार हैमसरिका लावण्य ताक्नेहरू
यद्वा निर्मल भावनासँग सँधै स्वातन्त्र्य ढाक्नेहरू
आफ्नै प्राकृत कार्यमा रमिरहे जाग्छन् अरे रावण
अर्काको सुख चोर्न दक्ष जगमा चाहिन्न रे कारण ।

जे गर्दा पर शोक पीडन हुने दुर्बुद्धिका नायक
सोच्छन् रे कसरी कहाँ निज कुरा हुन्छन् पुरा पायक
त्यस्तै रावण आज यो मुलुकमा दुर्भावना प्रेरित
स्वार्थी लोलुप लालसावश हुँदै बन्दै छ आक्रोशित ।

पानी निर्मल स्रोतमा कुमनका चेष्टा परे घातक
अर्काको घर ध्वस्त पार्न जसरी बढ्दै छ जो चातक
आफ्नो दास समान होस् मुलुक यो सोच्दै सधैँ पिर्दछ
यौटै रावण जन्मिएपछि कहाँ आनन्द नै छिर्दछ ।

अर्काको जति हुन्छ दुःख मनमा ऊ हाँस्छ झन् हाँस्दछ
रोगी बालक वृद्ध निम्न जनको पीडा खुसी मान्दछ
जस्तो निर्मम यातना दिनुपरोस् साम्राज्य विस्तार होस्
भन्दै रावण दुःख दिन्छ अति नै त्यो दुष्ट चाँडै मरोस् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x