साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे !

Nepal Telecom ad

मान्छेका कति रूप छन् भुवनमा जानिन्न त्यो सत्यता height=
नामाञ्ची पदलोलुपैहरू कतै दम्भी घमण्डी कि ता {{read_more}}
जो ज्ञानी गुण कर्म दोष नहुने होलान् कुना कन्दरा
मान्छेका बहुरूपले दिनदिनै गाड्छन् अनेकौँ जरा ।

बोल्ने छन् कति बोल्न मात्र जगमा मानौँ तिनी जन्मिए
कुर्सीमा कति जालझेल सहजै गर्दै सधैँ कुर्लिए
कोही सज्जनता लुकाउन भनी बस्छन् नबोली कतै
कोही खेल रचाउँदै सँग बसी हेर्छन् नजारा जतै ।

जो बोल्छन् तिनले गरेर कहिल्यै सिन्को नभाँचे कतै
जो गर्छन् तिनले चलोस् दिनदिनै चर्चा नसाँचे कतै 
खेलाडी कति बन्न बाध्य बनिए खेल्दै हराए कयौँ
बोल्ने मक्ख परेर बोल्छ दुनियाँ संसार आफ्नै सयौँ ।

लेख्ने छन् कति लेख्न मात्र जहिलै जस्तोसुकै लेख्दछन्
साँचो होस् अथवा बनावट कुरा संसार नै देख्दछन्
आफै ईश्वरझैँ बनेर कतिले खोज्छन् सयौँ भक्त नै
कोही मक्ख परी सुटुक्क अरूको चुस्छन् स्वयम् रक्त नै ।

आफ्नै दौँतर हुन् लडाउन भनी जालो कयौँ छर्दछन्
पट्टी बाँध्न सिपालु ठालुहरू जो मिथ्या कुरा छर्दछन्
कोही नित्य उठेर भाटहरूझैँ गर्छन् प्रशंसा अति
मानौँ जन्म भएछ नित्य अरूकै लागेर बाँच्नै पछि !

कोही हैकम मात्र रक्त कणमा राखेर हुङ्कार्दछन्
आफ्नो दोष हुँदैन जन्मभर नै निर्दोष स्वीकार्दछन्
अर्कामा जति होस् अनेक गुणको खानी रहोस् तापनि
देख्दैनन् अरूका कुनै असल ती निन्दा सधैँ जीवनी ।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x