साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरू को छ र !

Nepal Telecom ad

 height=म बेचूँ म बेचूँ सबै खेतबारी
जुटाएर राखूँ निकै खर्च भारी
घटाएर बेचूँ घडेरी म झट्टै
चुनावी चटारो उकासूँ बिछट्टै ।{{read_more}}

उठेँ बल्ल आफू चुनावी तरङ्ग
जुटाऊँ लुटाऊँ भरी रङ्ग रङ्ग
कहाँ मिल्छ यस्तो सुनौलो खजाना
जहाँ पुग्न पाए सधैँ भव्य खाना ।

लिई साथ पैसा निकै गर्न सक्छु
यताको उताको सबै भर्न सक्छु
कतै किन्न पाए किनेरै म जित्छु
कि वा आँट गर्दै छिनेरै म जित्छु ।

हिजोसम्म होला कुनै वर्ग मेरो
सधैँ बस्नुपर्ने हुँदै हुन्न घेरो
नयाँ चालले हेर नौलो छ पार्टी
जितेरै म छाड्छु बनेको छु आँटी ।

कहाँ झुक्नुपर्ने कहाँ फुक्नुपर्ने
कहाँ धाकधम्की कहाँ लुक्नुपर्ने
सबैमा म आफू भएँ दक्ष आज
चुनावी चटारो उठेँ है समाज ! ।

दिए हुन्छ निर्धक्क यौटे छ भोट
कतै खर्च लागे लगे हुन्छ नोट
खुला नै छ छाती जिताएर हेर
नयाँ राष्ट्र हाँक्ने अरू को छ वीर ।

काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x