सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

टिकट नपाउनेहरूका नाममा

Nepal Telecom ad

हेर्नुहोस्, अहिले टिकट मिलेन भनेर निराश नहुनुहोस् । कुनै न कुनै दिन तपाईंले अवश्य टिकट पाउनुहुनेछ, यो गजुरियल ठोकुवा भयो । भविष्यमा नपाए पनि विगतमा कहीं न कहीं तपाईंले पक्कै टिकट हात पार्नुभ height=एको छ । हो कि होइन ? आँखा चिम्लिएर सम्झनुहोस् त ।{{read_more}}

होला, चुनावी टिकट पाउनुभएन होला । पार्टीको सिफारिसमा पनि पर्नुभएन होला, तर कुनै न कुनै टिकट त अवश्य पाउनुभएको छ । आउनुहोस्, म तपाईंलाई स्मरण गराइदिन्छु ।

त्यो दिन याद गर्नुहोस्, कुनै हाउस फुल सिनेमा हलमा तपाईंले सजिलै टिकट पाउनुभएको थियो । दसैंको भीडभाडमा गाडीको टिकट सहज ढंगले लिनुभएको थियो । बाढीपहिरोका बेला जहाजको टिकट पाउँदा पनि तपाईंलाई कति खुसी लागेको थियो ? आखिर टिकट त टिकट नै हो क्यारे !

चिन्ता नलिनुहोस्, यीमध्ये कुनै पनि टिकट काट्नुभएको छैन भने शरीर छाड्ने बेलामा हामी सबैले टिकट काट्नेछौं, ढुक्क हुनुहोस् र सम्झनुहोस्, वास्तविक टिकट नै यही हो ।

तपाईं जुन टिकट नपाएर बागी, विद्रोही, विरोधी, निराश, अराजक हुनुहुन्छ, एकपटक सोच्नुहोस् त, चुनावी टिकट प्राप्त गर्न कति गाह्रो हुन्छ ? सबैभन्दा पहिले त तपाईंले राजनीति गर्नुपर्यो, नेता बन्नुर्पयो । नेता पनि शीर्ष नेताको नजिकको नेता हुनुर्पयो अनि बल्ल तपाईं टिकटको नजिक पुग्नुहुन्छ । नेता बन्न नसके ठेकेदार हुनुर्पयो । ठेकेदार हुन नसके डन बन्नुर्पयो । डन नबने भ्रष्ट भए पनि टिकट प्राप्त गर्न सहज हुन्छ । अकुत सम्पत्ति भए अझ सहज हुन्छ ।

त्यतिले मात्र पुग्दैन । टिकट पाएपछि पनि नेताको वरिपरि बस्नुपर्यो । उनीहरूलाई रिझाउनुपर्यो । निर्वाचन क्षेत्रका जनतालाई फकाउनुपर्यो । स्थानीय गुन्डा तथा तस्करहरूलाई हातमा लिनुपर्यो । क्लबहरूलाई चन्दा दिनुपर्यो । झूटा आश्वासन दिनुपर्यो । नक्कली सपना बाँड्नुपर्यो । टिकट पाएपछि कति पापड बेल्नुपर्छ, नपाउनेलाई के थाहा !

होला, तपाईंले लामो समय आफ्नो पार्टीमा योगदान गर्नुभयो होला । राजनीतिमै लागेर आफ्नो परिवार गुमाउनुभयो होला । चुनाव जितेर अझ राम्रो काम गर्ने इच्छा पनि थियो होला । स्थानीय जनताले तपाईंलाई उम्मेद्वारका रूपमा खोजेका समेत थिए होलान् । राजनीतिमा सधैं इमान्दारिताको कदर हुन्छ भन्ने छैन । बिर्सिदिनुहोस् चुनावी टिकट नपाउनुको पीडा । सम्झनुहोस्, हाउसफुल सिनेमाको टिकट सजिलैसँग पाएको घटना ।

आखिर टिकट भनेको टिकट नै हो । सिनेमाको टिकट होस् कि बसको टिकट होस्, यसमा खासै फरक छैन । चुनावी टिकटभन्दा बरु सिनेमाको टिकटमा दम देख्छु म । सिनेमाको टिकट काटेपछि पूरै सिनेमा हेर्न पाउने पक्का छ, तर चुनावको टिकट पाए पनि जित्ने टुंगो हुँदैन ।

बस वा प्लेनको टिकटको मज्जा चुनावको टिकटमा कहाँ मिल्छ र ? प्लेनको टिकटमा सिट नम्बरसमेत पहिल्यै तोकिएको हुन्छ । बसको टिकट काट्दा रोजीछाडी काट्न पाइन्छ । चुनावी टिकट न तपाईंले रोजेअनुसार प्राप्त हुन्छ, न त खोजेअनुसार । शिर्ष नेताको कृपामा भर पर्ने चुनावी टिकटभन्दा यातायातको टिकट कति राम्रो–राम्रो  !

हेर्नुहोस्, आखिर एक दिन सबैले ‘टिकट काट्नु’ नै छ । त्यही नै सबैभन्दा ठूलो र सत्य टिकट हो । त्यसैले चुनावी टिकटलाई प्राथमिकतामा नराखौं । चुनावी टिकट पाउनेलाई शुभकामना मात्र भन्न सकिन्छ, बधाई भन्न सकिँदैन । किनभने यस्तोमा ‘पाउनुपर्ने’ ‘नपाउनुपर्ने’ दुवै थरीले टिकट पाएका हुन्छन्, तर सिनेमा, यातायात, सत्ययात्रा सबैको टिकट पाउनेलाई बधाई ! त्यो पनि अग्रिम नै दिन सकिन्छ । किनभने उनीहरूले टिकटको सदुपयोग गर्ने निश्चित छ ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad