साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले हारेँ

Nepal Telecom ad

लिई झन्डा आफै वरपर पुगी व्यग्रसितले height=
चुनावी चासोमा दिनभर घुमाए अतिथिले
कतै माला राम्रा टलटल टलक्कै पनि दिए
लगाई टीकाका रङहरू असाध्यै पुरिदिए ।।{{read_more}}

सबै भन्थे जित्छौँ बहुमत लिई ढुक्कसितले
चुनावी चर्चा हो विजय नजिकै हेर अहिले
सबैभन्दा हाम्रो दलबल जितेझैँ अब भयो
जता हेर्यो हाम्रै विजय पताकाश्री लहरियो ।।

कहाँ टिक्लान् त्यस्ता फरक दलका सज्जनहरू
कहाँ जित्लान् यस्तो महती गरिमा सांसदहरू
हजारौँ लाखौँले हरसमय हाम्रै दल भनी
रुचाएको देख्दा किन त नजित्ने अब पनि ! ।।

जहाँ जस्तो वेला धन समयको खर्च म गरूँ
जहाँ जस्तो बोली वचन सहजै व्यक्त म गरूँ
नजित्ने त्यो शङ्का अलि पनि नगर्दै घुमिरहूँ
सबै भन्थे जित्ने सुदिन पल आफ्नो चुमिरहूँ ।।

घुमेँ मागेँ आफै घरघर पुगी भोट कहिले
दिएँ केही चन्दा रकम सहजै नोट कहिले
खुवाएँ आफ्ना ती वरपर हुने मित्रहरूमा 
जितेझैँ लाग्दैथ्यो मनमन चुनावी लहरमा ।।

कहाँ सोचेजस्तो समय अहिले बन्न कसियो
गुमाएँ जग्गा नै न त विजयको स्रोत रसियो
मजाले बस्ने ती क्षणहरू सबै घातक बने
म हारेँ आफै नै सुपल क्षणको चातक बनेँ ।।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x