साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूर्ख गधा

Nepal Telecom ad

कुनै समय एउटा सहरमा एउटा धोबी बस्थ्यो । धोबीको घरमा एउटा गधा त थियो नै त्यससँगै उसले एउटा कुकुर पनि पालेको थियो । {{read_more}} ऊ राती गधा र कुकुरलाई घरको  height=चोकमा बाँधेर राख्थ्यो ।

एक दिन राती धोबीको घरमा चोर आयो । चोरले धोबीको घर फोर्न लाग्यो । चोर घरमा पस्न लागेको देखेर गधालाई बडो खसखस लागेर आयो । गधा इमान्दार भएकाले उसले मालिकको नुनको सोझो चितायो । उसले तुरुन्तै उसको साथी कुकुरलाई भन्यो “ए साथी ! घरमा चोर पसिसक्यो । तिमी किन भुक्दैनौ ? तिमीले भुकेर हाम्रो मालिकलाई जगाइदिनु त तिम्रो कर्तव्य हैन ? भुक भुक ! तिमीले भुकेनौ भने त चोरले हाम्रो मालिकको धन सखाप पार्छ त !”

कुकुरले जवाफ दियो “तिमीलाई थाहै छ, म दिनरात नभनी यस घरको रखवारी गर्छु तर म कहिल्यै पेटभरि खान पाउँदिनँ । हाम्रो मालिक उसले केही नगुमाइकन मेरो कामको महत्व बुझ्ने रहेनछ । त्यसैले जेसुकै होस्, म त भुक्दिनँ ।”

कुकुरको जवाफ सुनेर गधाले कुकुरलाई उसको कर्तव्य सम्झाउँदै भन्यो “राम्रो सेवकले कहिल्यै पनि आफ्नो सेवाको बदला कुनै चाहना राख्दैन बुझ्यौ ? त्यसैले हामीले आ–आफ्नो कर्तव्य पुरा गर्नैपर्छ ।”

“मालिक पनि त मालिक जस्तै हुनुप¥यो नि ! उसले चाहिँ सेवकको सेवाको महत्व बुझ्नुपर्दैन ? अरू बेला वास्तै नगर्ने, आफूलाई परेका बेला मात्र सम्झने मालिक पनि त खराब मालिक हो नि !” कुकुरले जवाफ दियो ।

कुकुरको जवाफले गधा रिसायो र भन्यो “तिमी त कस्तो खराब साथी रहेछौ ? तिमीले तिम्रो कर्तव्य बिर्सिरहेका छौ । तिमी यदि भुक्दैनौ भने म आफैंले केही न केही त गर्नुप¥यो ।”

कुकुरले टेरपुच्छर नलाएपछि गधा आफैं ठुल्ठूलो स्वरमा कराउन थाल्यो । धोबी भने मस्तसँग निदाइरहेको थियो । गधाको आवाजले मस्त निदाइरहेको धोबी ब्युँझियो । बित्थैमा कराएर निद्रा बिगारिदिएकोमा धोबी रिसले आगो भयो । धोबी रिसले चुर हुँदै आएर गधालाई ढोकाको आग्लाले बजाउन थाल्यो । धोबीको चुटाइको चोटले गधा त्यहीँ म¥यो । जान्ने भएर अरूको काम गर्ने हुँदा गधाले बित्थैमा ज्यान गुमाउनुप¥यो ।

अंग्रेजी आलेख : गोल्डेन बल्स
अनुवाद : गंगाप्रसाद अधिकारी 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सरको नाम बेचेर कुसुम खाँदा

सरको नाम बेचेर कुसुम...

डा. गंगाप्रसाद अधिकारी
एडिक्ट

एडिक्ट

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

डा. गंगाप्रसाद अधिकारी
तेइ तेइ

तेइ तेइ

डा. गंगाप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x