साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कम्पास

Nepal Telecom ad

मुर्कट्टालाई टोपी
सुहाउँछ भने लगाओस्,
बाउबाजेभन्दा अघि
नाति जन्मिन्छन् भने जन्मियून् र,
हिँडून् खुट्टालाई टाउकाले टेकेर ।

आखिर समय–
बाङ्गोटिङ्गो रेखा न हो,
यो कहिले र कुन युगमा
सीधा खिचिएको छ र !?

भोलि गुरुत्व–
समयसापेक्ष नहुनसक्छ र,
खस्न सक्छन् न्युटनका स्याउ
जमिनबाट आकाशतिर,
बग्न सक्छन्– नदीनाला उकालोतिर,
हिमाल पग्लिँदा हिउँ बन्न सक्छ सागर ।

नाप्ने नै हो भने
स्वर्गको उचाइमा–
नर्कको गहिराइ छ,
त्यसैले–
होश ढलेर बेहोश होस्
नहोस् तल धर्ती,
माथि आकाश नहोस्
उभिनु परोस् शून्यमा
केही गनासो छैन–
हिरण्यको घरमा प्रल्हाद
नजन्मेको कहाँ हो र,
आखिर, जिन्दगीलाई उत्तर देखाउने
कम्पास सबैसँग छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x