साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिक्का

Nepal Telecom ad

खुतुर्के फोरेर निस्किएका सिक्काहरूले
बनाउँदै थियो छोरा केही सुन्दर आकृतिहरू
फूल, नदी र ताराका ।

तिनै सिक्काहरू संगालेर
म छोराको लागि
घर, टिफिन र ओछ्यान खरिद गर्न चाहन्थेँ ।
स्कुलको फिस, कलम र टाइ किन्न चाहन्थेँ ।

म डराएँ
किनकि खुतुर्केको जेलबाट मुक्त सिक्काहरू
मासुका टुक्रा हुन्
जो बिलाएर जान्छन्
गोहीको मुखजस्तो बजारमा ।

‘छोडोस् छोराले सिक्कासँग खेल्न’
सोचेर
उसलाई जटिल चित्र बनाउन लगाएँ–
‘छोरा, यी सिक्काले
बरू देश बनाउनू न देश !’
(तपाँईहरूलाई थाहा नै छ,
देश बनाउन कति गाह्रो हुन्छ ?)

तर अपेक्षा बिपरित
पाँचपाते आँकुरा चलाएर उसले
बनाउन थाल्यो–
माछाजस्तो देशको चित्र ।
बनायो उसले–
हिमाल, पहाड, मधेस…..
सगरमाथा, लुम्बिनी, रारा…..
र अन्तमा लौरो समाएको स्कुलको मास्टर ।

चम्किने सिक्काहरू जोडिएर
कर्णाली बन्न बाँकि नै थियो,
अचानक सिक्काहरू सकिए ।
सिक्काहरू सकिए
तर बाँकि नै थियो बन्न–
उसको लागि अस्पताल, स्कुल र घर ।

बाँकि नै थियो बन्न–
खेलमैदान, काम गर्ने अफिस
र छिमेकीले मिच्न नसक्ने सिमाना ।
छोरा गम्भीर र उदास देखियो ।

त्यही रात देखेँ एक भयानक सपना,
अपुग सिक्का कमाएर फर्किन्छु भन्दै
छोरा विदेश उडिरहेको थियो ।

नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
सर्दी

सर्दी

भूपिन खड्का
लज्जा !

लज्जा !

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x