जीवन खत्रीव्यापार
कसले दिन्छ ? उधारोमा, कुन व्यापारीले
हाम्रो खल्तिलाई बुझेन, नुन व्यापारीले
सुकिला कपडा हेरेर, कुन्नी के के सोच्छ
तर देख्दैन् मनको मैलो साबुन व्यापारीले
राम्रैसँग चिनेर हो कि, ग्राहकहरूलाई
छेउमा अंगार बेच्न राख्यो चुन व्यापारीले
बा आमाको के नै लाग्छ ? नानीबाबु रुन्छन्
यी सब कुरा बुझेको छ, बेलुन व्यापारीले ।
रामेछाप
Subscribe
Login
0 Comments
Oldest






































